कोपीला कँडेल, बागलुङ, २०७६ चैत १ । कुडुले समाज जापानले ब्लड क्यान्सरबाट मृत्यु भएका बागलुङ लेखानीकी गीता कँडेल साप्कोटाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । ब्लड क्यान्सर पीडित गीताको उपचारका लागि जापान समाज कुडुलेले संकलन गरेको ३ लाख ५१ हजार ५ सय रुपयाँको चेक मृतकका छोराछोरीको पढाईलेखाई र संरक्षणका लागि हस्तान्तरण गरेको कुडुले समाज जापानले जनाएको छ ।
सो रकम सिद्धार्थ बैङ्कको खातामा जम्मा हुने गरी कुडुले समाज जापानका अध्यक्ष प्रेम आचार्य सदस्य महेन्द्र साप्कोटा, बिजय आचार्य र कुडुले समाज बागलुङका अध्यक्ष कृष्ण आचार्यले मृतकका बुवा शसिधर साप्कोटालाई हस्तान्तरण गरेका थिए ।
ब्लड क्यान्सर पीडित गीताको करिब दुई महिना अगाडी उपचारका क्रममा मृत्यु भएको थियो । मृतक गीताका एक छोरा र एक छोरी र श्रीमान रहेका छन् । बैदेशिक रोजगारका लागि जापान पुगेका कुडुलेबासीले उपचारका लागि उठाएको रकम छोराछोरीको लागि सहयोग गरिएको कुडुले समाज जापानका कोषाध्यक्ष बसन्त आचार्यले बताए ।