शीला पाण्डे, पर्वत २०७६ चैत १ । फलेवास नगरपालिका ११ पाङराङ घर भएका गणेश नेपाली ९सुके० रुखबाट खसेर जीवन र मरणको दोसाँधमा परेका छन। नेपालीको फागुन १५ गते घाँस काट्न गएका बेला रुखबाट लडेर टाउको र जीउमा चोट लागेको छ। बिहान् बेलुका निमेक गरेर आफ्नो परिवार पाल्दै आएका नेपाली यतिबेला अस्पतालको शैयाबाट जीवन बचाइदिन अपिल गरेको उनका भाइ सूर्य नेपालीले बताएका छ्न।नेपालीलाई अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पताल आइसियुमा राखेर उपचार गराइएको छ। घरको आर्थिक अबस्था निकै नै कमजोर भएकाले सबैलाइ सहयोग गर्दिनको लागि घर परिवारले अपिल गरेको र थप उपचार गर्नको लागि आर्थिक अभावका कारण समस्या भएको जनाइएको छ।
नेपालीको परिवार सामान्य कृषि पेशा अंगाल्दे आएको र घरको आर्थिक अवस्था दयनीय रहेका कारण ठूलो रकम खर्च गरेर उपचार गराउन कठिन भएको उनका भाइ सूर्य नेपालीले जानकारी दिए । शरीरको विभिन्न अङ्गमा निकै नै समस्या देखिए पश्चात् पर्बत जिल्ला अस्पतालले थप उपचारको लागि पोखरा पठाएको थियो । ईच्छुक सहयोगदाताहरुले भार्इ सूर्य नेपालीको मोबाईल फोन ९८०८४९३११८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।