Sorry, that menu does not exist.
 

माध्यमिक शिक्षा परीक्षा – २०७६ : बागलुङ जिल्लाबाट ५ हजार १ सय ७८ परीक्षार्थी सम्मिलित हुँदै !

बागलुङ २०७६ चैत २ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यहि चैत ६ गते देखी सुरु हुँदैछ । परीक्षामा मुलुकभर कुल ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने छन् । बागलुङ जिल्लाबाट माध्यमिक शिक्षा परीक्षामा निजी तथा सामुदायिक बिद्यालयका ५ हजार १ सय ७८ परीक्षार्थी सम्मिलित हुने शिक्षा बिकास समन्वय ईकाई कार्यालय, बागलुङले जनाएको छ । गत वर्षको माध्यमिक शिक्षा परीक्षामा ५ हजार ५ सय २२ जना परीक्षार्थीहरु सम्मिलित थिए ।

शिक्षा बिकास समन्वय ईकाई कार्यालय, बागलुङका प्रमुख कुस्मराज उपाध्यायले दिएको जानकारी अनुसार बागलुङ जिल्लाभर गत वर्ष कायम गरिएका ३१ परीक्षा केन्द्रहरुबाट छात्र २ हजार ४ सय ८६ र छात्रा २ हजार ६ सय ९२ जना परीक्षार्थी सम्मिलित हुने छन् । ईकाई प्रमुख उपाध्यायले परीक्षामा २ जना दृष्टिविहीन तथा २० जना बहिरा परीक्षार्थीले एसईई परीक्षा दिने जानकारी दिए ।

‘परीक्षा केन्द्रहरुमा प्रश्न पत्रहरु पुराउने काम भैरहेको छ, हामी अहिले त्यहि काममा गल्कोट क्षेत्रमा छौँ, उपाध्यायले भने, ‘विश्वमा माहामारीको रुप लिएको कोरोना भाईरसका कारण परीक्षा स्थगन हुने अवस्था छैन ।’ उनले भने, ‘परीक्षा केन्द्रहरुमा हेल्थ डेस्कको व्यवस्था गर्ने कुरा छ, यसको आधिकारिक निर्देशन भने आएको छैन ।’

परीक्षा शान्तिपूर्वक व्यवस्थित र मर्यादित रुपमा सन्चालन गर्नकालागी शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको आयोजनामा गत फागुन २९ गते केन्द्राध्यक्षहरुको लागि अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको उपाध्यायले ईबागलुलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !