छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत ३ । जिल्ला प्रशासन कार्यालय बागलुङको निर्दशनमा बुर्तिवाङ बजार आएको अनुगमन टोलीले बजारका केहि पसलहरुको अनुगमन गरेर फर्किएको छ । अनुगमनको क्रममा टोलीले स्थानीय तह पुनसंरचना पछि पनी खाद्य बस्तुको विक्री वितरण पुरानै ढंगको रहेको बताएको थियो । अनुगमनका क्रममा खाद्यान्न, ग्यास, लगाएतका अत्याबश्यकीय बस्तुको अभाब नरहेको टोलीले जानकारी दिएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बागलुङबाट टेकराज गौतम, घरेलु तथा साना उद्योग बागलुङका गुमादेवी शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट केदार पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका शैलेन्द्र कुमार श्रेष्ठ, कोष तथा लेखा नियन्त्रण कार्यालय, ईलाका प्रशासन बुर्तिबाङ, इलाका प्रहरी, ढोरपाटन नगरपालिकाका प्रतिनिधी लगाएतको सहभागितामा रहेको थियो ।
औषधि पसल, खाद्यान्न पसल, पेयपदार्थ लगाएतको अनुगमका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका बस्तुको खुलेआम बिक्री भैरहेको भेटिएको र म्याद नाघेका बस्तु नष्ट गर्नुका साथै आफुहरुले यसपटकलाई सम्झाई बुझाई गरी सुझाब दिइएको तर अर्का पटक पनी यस्तै अवस्था रहे कानुनी प्रकृया अगाडी बढ्ने उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।
देशमा कोरोना भाइरसका कारण विभिन्न बस्तुहरुको कृतिम अभाव हुने स्थिती र कालोबजारी हुनसक्ने अवस्थालाई ध्यानमा राखेर आफुहरु अनुगमनमा आएको र केहि मात्र पसलको अनुगमन गरिएको बताउदै स्थानीय तहलाई अनुगमन गर्न आग्रह गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
अनुगमन टोलीले बजार पूरै अनुगमन गर्ने र दोषीलाई कार्बाही .गर्ने विश्वासमा रहेका स्थानीय उपभोक्ताहरुले झारा टराईको अनुगमन देखेर ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भन्ने टिप्पणी गर्न थालेका छन् ।