बागलुङ, २०७६ चैत ५ । २०७६ चैत ६ गते देखि सन्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । आजै अपरान्ह बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने निर्णय गरेको थियो भने सबै परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने बताएको थियो । तर त्यस्को लगत्तै परीक्षा स्थगित गर्ने सरकारले निर्णय गरेको हो ।
भोलि देखी सन्चालन हुने एसईई परीक्षामा मुलुकभर ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुदै थिए भने बागलुङ जिल्लाबाट माध्यमिक शिक्षा परीक्षामा निजी तथा सामुदायिक बिद्यालयका ५ हजार १ सय ७८ परीक्षार्थीले परीक्षा दिदै थिए । स्थगित परीक्षा अब कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।