Sorry, that menu does not exist.
 

हटियामा गल्कोटे पत्रकारहरुको बैठक : ‘घुम्टे पत्रकारिता पुरस्कार’ वितरण नगरिएकोमा ध्यानाकर्षण !

गल्कोट २०७६ चैत ६ । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आवद्ध गल्कोटे पत्रकारहरुको बैठक हटियामा सम्पन्न भएको छ । बैठकले गल्कोट क्षेत्रको पत्रकारिताको विकास, स्तरोन्नति सँगै स्थानिय तह सँगको सम्वन्ध र सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेको छ ।

त्यस्तै गल्कोट नगरपालिकाले २०७४ सालमा स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार आर्थिक वर्ष २०७५/०७६ मा वितरण नगरेको र त्यसको कार्य विधिको विषयमा नगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरिएको गल्कोट पत्रकार समाजका अध्यक्ष मित्र खरेलले जानकारी दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघमा आवद्ध रहि गल्कोट बाहिर कार्यरत गल्कोटका पत्रकारहरुको विवरण समेत संकलन गरिएको थियो । गल्कोटमा पत्रकारहरुको कृयाशील संस्था गल्कोट पत्रकार समाजको विधि विधान बमोजिम नयाँ सदस्यता वितरण तथा विस्तार र संस्थामा आवद्ध पत्रकारहरुको नविकरण गर्ने, आगामी वैशाख ६ गते नयाँ वर्षको शुभकामना आदान प्रदान तथा पत्रकारहरुको भेला आयोजना गर्ने निर्णय गरिएको छ ।

बैठकले आफनो लागि एक दिन अभियान सञ्चालन गर्न मासिक रुपमा अन्तरकृया, स्नेहमिलन लगायतका कार्यक्रमहरु गर्ने समेत प्रस्ताव पारित गरेको छ । बैठकमा नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आवद्ध गल्कोटे पत्रकारहरुको उपस्थिति रहेको थियो । बैठक नेपाल पत्रकार महासंघ बागलुङमा आवद्ध ज्येष्ठ पत्रकार दिनेश पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !