छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत ६ । ढोरपाटन नगरपालिकामा श्रीमानव्दारा आफनै श्रीमती माथि फलामको गैँची प्रहार गर्दा ५५ बर्षिया श्रीमतीको घटनास्थलमै ज्यान गएको छ ।
ढोरपाटन नगरपालिका-७ गाडीलुङका ६३ बर्षिय देवीराम विकव्दारा सामान्य घरायसी बिबादमा आवेगमा आई हिँजो चैत ५ गते राति श्रीमती गैरा विकलाई गैँची प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
बुधबार दिउँसो आफनो छोराको घर निर्माण सम्पन्न भएको खुसियालीमा भोज भतेर कार्यक्रम रहेको र दिउँसो देखी बढी मदिरा सेवन गरेका विकले सामान्य विवादमा एक्कासी श्रीमतीको टाउकोमा गैँची प्रहार गर्दा गैराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा देविरामलाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका सूचना शाखा प्रमुख शालिकराम भुसालले बताए ।