मनु सुनार, गेुल्मी २०७६ चैत ६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई पनि कोभिड १९ (कोरोना) भाइरसको उच्च जोखिम देशको रुपमा राखेको छ। कोरोना भाइरसको संक्रमण विश्वका एक सय भन्दा धेरै देशमा प्रकोपको रुपमा फैलिसकेको छ। जसबाट हजारौँको ज्यान गइसकेको छ। भने हजारौँ संक्रमणबाट गुज्रिरहेका छन्।
यसैबिच नेपाली कांग्रेस गुल्मीले आम नागरीकमा कोरोनाबाट सचेत रहन अपिल गरेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित अपिलमा आम नागरिकमा सचेतना अपनाई सुरक्षित रहन आग्रह गरिएको छ।
कोरानाको जोखिम हुने भन्दै सरकारले एस.ई.ई., त्रिवि र सी.टी.भि.टी लगायतका परिक्षा स्थगित गरेको उल्लेख गर्दै कंग्रेस गुल्मीले सचेतनाका उपायहरु अपनाउन आग्रह गरेको हो।
त्यस अपिलमा साबुन पानीले पटक–पटक मिचिमिचि राम्रोसँग हात धुन, हात नमिलाउन, नमस्कार गर्ने बानिको विकास गर्न, माक्सको प्रयोग गर्न अनुरोध गरिएको छ।
साथै संक्रमितलाई भेट्न जाँदा अनिवार्य विशेष प्रकारको मास्को प्रयोग गर्न, अति आवश्यक काम बाहेका घरबाट बाहिर ननिस्कन र भिडभाडमा नजान पनि आम नागरिकमा अपिल गरिएको छ।