Sorry, that menu does not exist.
 

प्रवास : युएइको आवासीय भिसा भएकालाई दुईहप्ताका लागि आगमन निषेध !

सचिन्द्र श्रेष्ठ,अबुधाबी, २०७६ चैत ७ । युएइको पहिचान र नागरिकताको लागि संघीय प्राधिकरण (Federal Authority for Identity and Citizenship)को सूचना अनुरूप युएइको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि हाल दुईहप्ताका लागि आगमन निषेध गरेको छ |

यूएईमा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने,आउने आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउन लगायतका कार्यहरू नगर्न दूतावासले आग्रह गरेको छ | बुधबार बसेको नेपाल सरकार, नोभेल कोरोना (COVID-19) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यराती देखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेकोले उक्त कार्य नगर्न दूतावासले आग्रह गरेको हो |

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउने लगायतका कार्यहरू तत्कालका लागि नगर्नुहुन नेपाली राजदुतावास,अबुधाबी अनुरोध गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !