Sorry, that menu does not exist.
 

कोरोनाबाट बच्न बुर्तिबाङमा सचेतना कार्यक्रम : राईजिङ युवा क्लबव्दारा मास्क वितरण !

छविलाल पाण्डे, बुर्तिबाङ २०७६ चैत ८ । बुर्तिबाङ राइजिङ युवा क्लबव्दारा कोरोना भाईरसबाट बच्नका निम्ती सर्वसाधारणमा जनेचेतना मुलक कार्यक्रमको आयोजना गरी माक्स वितरण गरेको छ ।

शुक्रबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्दै, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको पहलमा हेल्थ डेक्स सञ्चालन गरेर कोरोना भाईरस विरुद्ध अभियान सञ्चालन अभियान सुरु गरिएकोमा आन शनिबार देखि बुर्तिबाङ राईजिङ युवा क्दबले आफनै सँस्थाको आर्थिक व्यवस्थापना सर्वसाधारणलाई माक्स वितरण अभियान थालिएको हाृ । साmे अवसरमा कोरोना भाइसर लाग्ने अवस्था वच्ने उपायका विषयमा समेत जानकारी गराइएको क्लबका अध्यक्ष सोम पौवी यामुले बताए ।

आज पहिलो दिनमा बुर्तिबाङ बजार आसपासमा गरी करिब ३ सय जनालाई मास्क वितरण र सचेतना कार्यक्रम गरीएको क्लबका महासचिव गोपाल महतले जानकारी दिए । यो अभियान आफुहरुले केहिदिन सम्म निरन्तर जारी राख्नेपनि उनले बताए ,

त्यसैगरी ईलाका प्रह्री कार्यालय बुर्तिबाङले कोरोना भाइरसबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । काठमाडौ, बुटवल तथा विदेशबाट आएका व्याक्तिहरुमा कोरोनाको सँक्रमण हुने खतरा बढी भएका कारण खुलेयाम नहिड्न आग्रह गर्दे सबैले आ–आफनो स्थानबाट कोरोना सँक्रमणबाट बच्न अपिल गरीएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश भण्डारीले बताए ।

पश्चिम बागलुङमा कोरोना बाट बच्न सञ्चार माध्यमले समेत विभिन्न सुचना मुलक सामाग्रि प्रसारण गर्दे आइरहेका छन् ।

यसैवीच गल्कोट नगरपालिका वडा नं ११ मा कोरोना भाईरस विरुद्ध विभिन्न चेतनामुलक कार्यक्रम सन्चालन गरेको छ । वडाध्यक्ष डम्मर श्रीसका अनुसार सचेतनामुलक सामाग्रीहरुबाट कोरोना भाईरस सम्वन्धी जानकारी स्थानीयवासीलाई दिईएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !