गुल्मी, २०७६ चैत ९ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर–१० सिमिचौरका वडाध्यक्ष पदमप्रसाद अर्याल नै खानेपानी उपभोक्ता समितिको अध्यक्ष रहेको सामाजिक सञ्जालमा आलोचना भई रहँदा उपभोक्ता समिति कै अध्यक्ष रहेका अर्का वडाध्यक्षलाई भने छुने चेष्टा नै गरिएको छैन । ।
अन्यत्रका धेरै उदाहरण दिनै परेन , सोही नगरपालिकाको वडा नम्वर–३ मा पनि त्यहाँका वडाध्यक्ष थम्मनबहादुर केसी झन ठुलो खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रहेको खुलेको छ । वडामा हुने विकास निर्माणको अनुगमन गर्ने जनप्रतिनिधीहरुले उपभोक्ता समितिका अध्यक्ष हुँदा पारदर्शिताको प्रश्न उठ्ने सर्वसाधरणको बुझाई छ ।
वडाध्यक्ष केसीले आफु रेसुङ्गा मझेङ्ग लिफ्टीङ्ग सिस्टम खानेपानी योजना उपभोक्ता समितिको अध्यक्ष रहेको बताए । वडाध्यक्ष नै उपभोक्ता समितिको अध्यक्ष रहन मिल्छ र ? भन्ने प्रश्नमा केसीले भने –‘म वडाध्यक्ष नहुँदै उपभोक्ता समितिको अध्यक्ष भएको हुँ, अब भेला गरेर अरुलाई नै जिम्मा दिने सोचमा छु । ’
२०६८ साल देखि सुरु भएको त्यस योजनामा केसी वडाध्यक्ष नहुनु अघि सम्म ६५ हजार लिटर क्षमताका ३ वटा ट्याङकी निर्माण भएको र त्यस यता केही काम नभएको वडाध्यक्ष केसी बताउछन् । उनका अनुसार उक्त योजना नगरपालिकाको गौरबको योजाना हो ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले केन्द्रबाट टेण्डर प्रकृयाका लागि ढिलाई भएका कारण आफु यति बेला त्यसै कामका लागि काठमाबण्डौ गएको बताए । ‘यस आर्थिक बर्षमा झण्डै ३६ करोड त्यस खानेपानी योजनाको टेण्डर हुँदैछ’– मेयर भुसालले भने –‘त्यस गौरवको योजना छिट्टै सम्पन्न गर्ने लक्ष्य लिईए पनि केन्द्रको ढिलाईका कारण काम अगाडी बढ्न सकेको छैन , छिट्टै गराउनका लागि म अहिले काठमाणडौ आई पुगेको छु ।’
उनका अनुसार त्यस योजना सम्पन्न हुँदा नगरपालिका १४ वटै वडाहरुको खानेपानी समस्या समधान हुने छ । बहुबर्षिय योजनामा रहेको मझेङ्ग खानेपानी योजनामा झण्डै ५० करोड खर्च हुने अनुमान गरिएको छ ।
सिमीचौरमा पनि उस्तै
उता वडा नम्वर–१० सिमिचौरका वडाध्यक्ष पदमप्रसाद अर्याल त्यहाँ सम्पन्न जोरपानी लिफ्ट खानेपानी योजना उपभोक्त समितिका अध्यक्ष छन् । तपाईको पनि सामाजिक सञ्जालमा आलोचना भई रहेको छ नि ? भन्ने प्रश्नमा उनले भने–‘ म त्यस उपभोक्ता समितिको अध्यक्ष वडाध्यक्ष नहुँदै भएको हुँ । वडाध्यक्ष भई सके पछि मैले अरुलाई जिम्मेवारी सुम्पिन पटक पटक आग्रह गरेको हुँ तर उपभोक्ताहरुले योजना सम्पन्न गरेर मात्रै बुझाउनु होला भनेर कर गरे पछि यस आर्थिक बर्षको अडिट गराएर बुझाउने भएको हुँ ।’
उनले थपे–‘कतिपय विपक्षीहरु सिमिचौरको विकासले फड्को मार्न थाले पछि अत्तालिएर बदनाम गर्ने र जनतामा भ्रम छर्ने दुष्प्रास एको छ , कतिपय कराउँदै जान्छन हामी काम गर्दै जान्छौ ।’
‘ उक्त योजनाको हिसाव किताव मैले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली उद्घाटन गर्न आएको बेला समारोह मै छर्लङ्ग पारेको हुँ, अन्य जो कोहीलाई जति बेला हिसाव किताव माग्नु पर्छ प्रकृयागत ढंगले आए भई हाल्छ उनले भने–‘ हिजो एक गाग्रो पानीका लागि ३ घण्टा सम्म पँधेराहरु चाहर्नेू सिमिचौरवासीको अहिले घर घरमा पानी पुराईदै छ । ’
उनका अनुसार त्यस योजनाबाट ४ सय २६ घरधुरीमा खानेपानीको धारा पुग्ने भएको छ । त्यो संगै जोडिएको वडा नम्वर ११ मा झण्डै ७५ घरधुरीले शुद्ध पिउन पानीको सुविधा प्राप्त गर्ने छन् । ७९ घरधुरीले सामुहिक रुपमा पिउने पानीको सुविधा लिदैछन् । त्यस खानेपानी योजनाम सय घनामिटरका दुई वटा र दुई सय घनामिटरका एउटा ट्याङकी बनेका छन् ।
दुई वटा पम्प हाउस रहेका छन् । ४ वटा ४१ हर्सपावरका पम्प जडान गरिएको छ । मेनलाईन ३२ सय ५८ मिटर दुरीको छ र वितरण लाईन २९ किलो मिटर रहेको छ । स्थानीय निकायबाट ३७ लाख ५० हजार , उपभोक्ताबाट ३६ लाख ९० हजार करिव लागतमा योजनाको काम भएको थियो ।
त्यस मध्ये जग्गा खरिदमा २ लाख १० हजार , विद्युत वितरण खर्च १९ लाख ५० हजार , तलव भत्ता २ लाख ८३ हजार र करिव १८ लाख बैंक बचत रहेको वडाध्यक्ष अर्यालले बताए । त्यसबाट विभिन्न शिर्षकमा खर्च भएको र बुझाउन बाँकी भएकाहरुलाई बुझाईने उनको भनाई छ ।
उनले देउराली देखि खज्याङ्ग सम्मको मोटरबाटो डबलल्याण्ड गर्ने कार्य तिब्र पारिएको सबै वडाहरुको भित्रि टोल सम्म मोटरबाटो पुराईएको , भगतवी माविलाई १५ कोठे सुविधा सम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरिएको बताए ।
उनले आगमी दुई बर्ष भित्र खरका छानामुक्त वडा, एक घर एक धाराको चुनावी नारा पनि ब्यहारतः दुई बर्षमा पुरा गर्ने बताए । विद्युतलाई थप ब्यवस्थित गर्न स्टिलको पोेल गाड्ने , अन्य विकास निर्माणलाई तिब्र पार्दै सिमिचिौरवासीले आफुबाट गरेका अपेक्षा पुरा गर्ने उनले प्रतिबद्धता जनाए ।
स्थानीय तहको निर्वाचन सम्म सिमिचौरमा पानीको हाँहकार भई राती दुई बजे देखि दिउँसो ब्राह एक बजे सम्म गाग्रीका चाङ हुँन्थे । अहिले घर घरमा पानी धाराको सुविधा पाउँदा स्वर्गको अनुभुति भएको स्थानीय बुढा पाकाहरु बताउँछन् ।
त्यस्तै देउराली देखि सिमिचौर राङवास मोटरबाटोको हविगत पनि चुनावताका उस्तै थियो । बर्षायाममा मोटर साईकलको यात्र गर्न समेत कठिन थियो । अहिले पराकीलो र थप स्तरन्नोती हुँदैछ । सिमिचौर मै रेसुङ्गा विमान स्थलको नियममित उडान पनि आगमी बर्ष देखि हुने गरि निर्माण कार्य भई रहेको छ । त्यो विमान स्थल सम्पन्न भए पछि त्यहाँका वासीन्दाको समृद्धिको यात्रा सुरु हुने वडाध्यक्ष अर्यालको भनाई छ ।