Sorry, that menu does not exist.
 

सितल छहारी खोज्ने बेला चैतमापनि पुस-माघ कै कपडामा गुल्मेलीहरु !

प्रेम सुनार, गुल्मी २०७६ चैत ९ । चैत्र महिनाको दोश्रो हप्ता सुरु भयो । बिगतका बर्षहरुमा गर्मीबाट बच्न पातलो कपडा लगाउने , सितल छाहरीहरु खोज्ने बेला हो यो । तर यस बर्षको चैत्र महिना सुरु भए यता गुल्मी जिल्लाको हकमा चिसो मौसम पुस र माघ महिनामा भन्दा कम छैन ।

मानिसहरु पुस माघ महिनामा लगाउने गरेको सुुईटर, ज्याकेट लगायतका न्याय कपडाहरु लगाईनै रहेका छन् । कति बेला झुर्लुक्क घाम झुल्कीन्छ र उति बेलै अन्धकारमय मौसम हुन्छ । छिनछिनमा पानी परेर माघे झरीको झल्को दिईरहेको छ । बिशेष गरि सदरमुकाम तम्घासमा जाडोले मानिसहरु घर बाहिर कमै हिड्ने गरेका छन् । चिसोका कारण र मौसम बदलीको यो बेला रुखा खोकीका विमारीहरु बढ्नु स्वभाविक होृ ।

स्वभाविक रुपमा यो बेला रुखा खोकी लाग्ने महिना हो , तर मानिसहरु कोरोना भ्याईरस त आएन ? भनेर आशंका गर्ने गरेका छन् । बाटो हिडिरहेका मानिसको टाउँकोमा उनीको टोपी टुटेको छैन् । मफलर लगाउने गरेका छन् । केहि बेर घाम झुल्कीए चौरमा पार ताप्न निस्कीने गरिएको छ ।

सिमसिमे पानी र अन्धाकारमय मौसमले एक देखि अर्को गाउँ छर्लङ्घ देख्न सकिन्न । बुढापाकाहरुले यो गर्मीयामा अहिले सम्म कै अनौठो मौसमका रुपमा लिएका छन् । गुल्मीमा फागुनका १५ देखि नै गर्मी सुरु हुन्थ्यो विगतका बर्षहरुमा । नेपाल प्रहरी सहित सुरुक्षा निकायले नियम अनुसार चैत्र १ गते देखि सुईटर , ज्याकेट लगाउन छाडेका छन् ।

जसका कारण डिउटीमा बस्ने सुरुक्षाकर्मीहरुले पनि चिसोको सामाना बढि गरिरहनु परिरहेको छ । विहान , साँझ शहर बजारमा हिटर र गाउँमा चुलाको आगो ताप्न परिरहेको छ यो चैत्र महिनामा पनि । तातो खाना , न्यानो कपडा र पार ताप्ने महिना बनेको छ यो बर्षको यो चैत्र महिना ।

गुल्मी सहित अर्घाखाँची , वल्लो पाल्पा , र बाग्लुङ्घका वासीन्दाले पनि चैत्र महिनामा चिसोको सामना गरिरहेका छन् । बुटवल , भैरहवा तिर भने गुल्मीबाट लगाएर गएका न्याय कपडाहरु पाल्पाको दोभान उता पुग्न साथ खोलेर पातलो कपडा लगाउनु पर्ने अवस्था छ । र पनि त्यो स्थानमा समेत विगतको चैत्र महिनामा जति गर्मी बढेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !