कमल पौडेल, बडीगाड २०७६ चैत ९ । कोभिड-१९ अर्थात कोरोना भाइरसवाट वच्न बडीगाड गाउँपालिकाको वडा नं. १ को बैठकले प्रत्येक टोलमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । आज वसेको वडा समिति तथा सरोकारवालाको बैठकले स्वास्थ्यकर्मी सहितको टोलीले टोलटोलमा जानकारी सहित सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार सोमवार विहान ८ बजे तुन्डाडामा चालकहरुलाई, ११ बजे तुन्डाडामै सरोकारवालाहरुलाई, दिउसो ३ बजे दगाको बरपोखरामा सरोकारवालालाई, त्यस्तै मंगलवार विहान माइस्थान प्राविमा, १२ वजे नौटुवामा र ४ बजे दगाकोत मन्दिरमा कार्यक्रम गर्ने निर्णय गरेको छ। त्यस्तै तुन्डाडामा रहेको खड्क देवी माविलाई आइसाेलेसन सेन्टरको रुपमा तयारी गर्ने निर्णय गरेको दगातुन्डाडा स्वास्थ्य चौकीका प्रमुख हेम पुनले जानकारी दिए । बैठक वडा अध्यक्ष बोम बहादुर थापाको अध्यक्षता तथा वडा सदस्य अनिल गिरिको सञ्चालनमा सम्पन्न भएको थियो।