Sorry, that menu does not exist.
 

खर्बाङमा डढेलाे नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

कमल पौडेल, बडीगाड २०७६ चैत ९ । डिभिजन बन कार्यालय बागलुङको अयाेजना तथा सव डिभिजन बन कार्यालय बडीगाडकाे अायाेजनामा १ दिने वन डढेलाे नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम खर्बाङमा सम्पन्न भएको छ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं २ का अध्यक्ष ढाल प्रसाद शेरचन, सामुदायिक वन उपभोक्ता महासंघका गण्डकी प्रदेश सदस्य डिप्लोमा खरेल, बडिगाड अध्यक्ष दुर्गा अर्याल, रेडियो सारथीका स्टेसन म्यानेजर कमल पाैडेल, प्रहरी चाैकी खर्बाङका प्रमुख गुरुप्रसाद न्याैपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम सब डिभिजन वन कार्यालय बडीगाडका निमित्त प्रमुख दिपक श्रीसकाे अध्यक्षता एवं प्रतीक घर्तीकाे सञ्चालनमा सम्पन्न भएको थियोे । बडीगाड गाउँपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुकाे सहभागिता रहेको कार्यक्रममा वन डढेलाे नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन सञ्जालकाे गठन गरिएको छ। कृष्ण प्रसाद खरेलकाे संयाेजकत्वमा २१ सदस्यीय समितिकाे गठन गरिएको छ। समितिमा सबै वडाबाट २ जना सदस्य रहेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !