कुसुम थिङ, बागलुङ २०७६ चैत १०। विश्वमा महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमण रोक्न सरकारले आज देखी अत्यावश्यक बस्तुका पसलहरु बाहेक अरु पसल बन्द गर्न आव्हान गरेको छ । आज देखी लामो दूरीमा चल्ने यात्रुबाहक सवारी साधनहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।
बागलुङ सदरमुकाममा साना जीप ट्याक्सी आदि सवारी साधनहरु पातलो रुपमा चलेका छन् । मोटरसाईकल स्कूटर भने सन्चालनमा रहेका छन् । पसलहरु विहान खुलेपनि बागलुङ उद्योग वाणिज्य संघले अत्यावश्यक बस्तुका पसलहरु बाहेक अन्त पसल बन्द गर्न माईकिङ गरेपछी पसलहरु बन्द गर्दै खोल्दै गरेको अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस संक्रमण रोक थाम र नियन्त्रणलाई लिएर गरेको निर्णय यस्तो छ,
बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा प्रहरीले आज विहान देखी अत्यावश्यक बस्तुहरुका पसलहरु बाहेक अन्य पसलहरु बन्द गर्न लगाएको छ ।
उता जिल्ला प्रशासन कार्यालय, पर्वतमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले अन्तर जिल्लामा सन्चालन हुने छोटो तथा लामो दूरीका सवारी साधनहरु आज दिउसो २ बजे देखी आवत जावतमा रोक लगाउने निर्णय गरेको छ ।
बैठकले अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्य खाद्य बस्तु दुध, तरकारी फलफूल, औषधी पसल, पेट्रोलियम पदार्थ बाहेकका आम पसलहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक सन्जाल फेसकुबमा डरत्रास सिर्जना गर्ने आतंकित तुल्याउने गरी भ्रामक सूचना एवं समाचार प्रकाशित गर्नेलाई कानूनी दायरामा ल्याउने लगायतका निर्णय गरेको छ ।