झरना कंडेल, बुर्तिवाङ २०७६ चैत १० । कोरोना भाईरसको त्रासले बुर्तिवाङ बजार सुनसान छ । सवारी साधनहरु चलेका छैनन्, बजार बन्द छ । प्रहरीले हलुका सवारी साधनहरु समेत नचलाउ भनि रहेको छ । बुर्तिवाङ बजार लकडाउन (LOCKDOWN) छ ।
यसैवीच, ढोरपाटन नगरपालिकाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम गर्न एक दर्जन निर्णय गरेको छ । नगरप्रमुख देवकुमार नेपालीको अध्यक्षतामा आज बसेको बैठकले बुर्तिवाङ बसपार्क तथा नगरपालिका चोकमा हेल्थ डेस्क स्थापना गर्ने, बुर्तिवाङ स्थित उत्तरगंगा माविलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने, नगरपालिकाका विभिन्न स्थानहरुमा साबुन पानीले हात धुने व्यवस्था मिलाउने, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने मेडिकल सामाग्री तथा अन्य औषधीहरु खरीद गर्ने, नगरपालिकामा भित्रिने वा यहाँदेखी बाहिरिने सवारी साधनहरु अत्यावश्यक प्रयोजनका लागि बाहेक अन्य अवस्थामा रोक्ने, विभिन्न सन्चार माध्यमहरु मार्फत चेतनामुलक सामाग्रीहरु प्रचार प्रसार गर्ने, कोरोना भाईरस रोकथाम गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई उचित पुरस्कारको व्यवस्था गर्ने, कालोबजारी गर्नेलाई कानूनी दायरामा ल्याउने, आवश्यकता अनुसार एक महिनाको लागी पारिश्रमिक दिने गरी स्वयंसेवक राख्ने, अवोप्रान्त १० जना भन्दा बढी व्यक्तिलाई एक ठाउमा भेला हुन नदिने तथा नगरप्रमुखको संयोजकत्वमा एक Rapid Response Team गठन गरेको छ ।
अहिले बुर्तिवाङ बजारमा नगरपालिका र स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना भाईरस सम्वन्धी सचेतना कार्यक्रम अन्तरगत माईकिङ गरिरहेको छ ।
निर्णयहरु: