भरत सापकोटा, बागलुङ २०७६ चैत १२ । लकडाउनको दोश्रो दिन बागलुङ जिल्लामा शान्तिपूवक र
काठेखोला गाउँपालिकाले केहि वडाका अति विपन्न वर्गहरुलाई आज खाद्यान्न लगायतका खाद्य सामाग्री वितरण गरेको छ । काठेखोला गाउपालिकाका अध्यक्ष अमर बहादुर थापाले गाउपालिकाको वडानं २ का १३ जना अति बिपन्न वर्गलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
उनले गाउमा चामल लगायतका खाद्यान्न प्रयाप्त नपाईएकोले रेश, लेखानी, तग्राम लगायतका वडाहरुका खाद्य सामाग्रीको सर्टेज भएकोले बिपन्न बर्गलाई खाद्य सामाग्री वितरण गर्न समस्या परेको जानकारी दिए । ढुवानी समस्याले गर्दा पनि खाद्यान्नको अभाव भएको उनको भनाई थियो ।