बागलुङ २०७६ चैत १२ । बागलुङमा लकडाउनको दोश्रो दिन शान्तिपूर्र्ण रहेको छ । लकडाउन सफल पार्न जिल्लाबासीले घर भित्रै रहेर सहयोग गरेका छन् । बागलुङ बजारमा अत्यावश्यक खाद्य बस्तु तथा फलफुल तरकारी, औषधि पसलहरु खुलेका थिए । आम नागरिक लकडाउनलाई निकै सचेत देखिन्थे ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टलाई हामीले सोधेका थियौँ, लकडाउनका बेला जिल्लामा कहिँ कतै कुनै अप्रिय घटना त घटेनन् ?’ प्रहरी प्रमुख भट्टले जिल्लामा कुनै अप्रिय घटना नभएको जानकारी दिँदै जिल्लाबासी घरमै बसेर अपेक्षाकृतरुपमा लकडाउनमा सहयोग पुराएको बताए । कहिँ कतै कुनै अप्रिय घटना भएन, जिल्लाबासीले लकडाउनमा राम्रो रेस्पोन्स देखाएको उनको भनाई थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रनानि शिवप्रसाद पाठकले जिल्लामा बिना अनुमती कुनै पनि साना ठुला सवारी साधनहरु सन्चालनमा नआएको जानकारी दिए ।