Sorry, that menu does not exist.
 

विडम्वना

यो वेला
एक्कै पटक देख्नु छ तिमीलाई
ओरै वाट
परै वाट भएपनि
कस्तो विडम्वना।

ओ मनमाया
एक्कै पटक देख्नु छ तिमीलाई
छुन नपाएपनी
संगै रुन नपाएपनी
अल्ली परै वाट
ओरै वाट
आँखै अगाडी देख्नु छ तिमीलाई
कस्तो विडम्वना ।

विहानी पखको सपनीमा
झुर्लुक्क विजुली चम्केझैँ
चम्क्यौ
तर
यो वेला अल्लीवेर देख्नुछ विपनीमा।

भित्री मनको स्पर्शले
छुनु छ एकफेर तिमीलाई

पुरा गर्नुछ अत्यासको झल्को
तिम्रो सामुन्य
कल्पनाको गहिराई वाट ।

यो वेला
छीतिजको छीतिपारी
वन्दीगृहमा
काल संग कसोरी लडौँ
अभावले जिस्काईरहेको वेला
भयले वज्रपात गरिरहेको वेला
नितान्त सान्नटाहरुको मित्र वनेर
ओ मनमाया
मात्र
वाडुल्कीमा अल्झिएको छ तिम्रो अथाह प्रेम।

मनमाया
कस्तो विडम्बना
आँखा अगाडी
त्रासको भुमरीभित्र पसेर
एक त्यान्द्रो जिन्दगीको भरोसा खोज्दै
लेख्नु छ एउटा
अधुरो प्रेमको अपुरो कहानी ।

मनको मान्छे
हृदयको मान्छे
कोमल मुटुमा धड्किरहने मान्छे
मुटु भरीको प्रेम तिमी लाई
दैवले छुन्छकी
त्रासले सताईरहेछ
यादले अताईरहेछ
कस्तो भयावह
होस उडाउने
जोश सेलाउने कस्तो विडम्वना।

मनको भित्री कुनामा राखेर
लकडाउन गर्नुछ तिमीलाई
मनमाया
जहाँ कोरोनाले हैन
कसैले पनि था नपाओस्
यहाँ छ भनेर
म आफू आफै सुरक्षित रहने छु।

निर्मल पौडेल एन पी घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !