Sorry, that menu does not exist.
 

बिहु रेडक्रसको एम्बुलेन्सबाट कोरोनाका शंकास्पद विरामीलाई नि:शुल्क सेवा !

भरत सापकोटा, बागलुङ २०७६ चैत १३ । नेपाल रेडक्रस सोसाईटी बिहुकोट शाखाले संचालन गर्दै आएको एम्बुलेन्स कोरोनाको संक्रमण अन्त नभएसम्मका लागि काठेखोला गाउँपालिकावाट व्यवस्थापन गर्ने गरि संचालन गर्ने काठेखोला गाउपालिका र रेडक्रस बिहु न्शाखा वीच सहमति भएको छ । एम्बुलेन्स विहानदेखि बेलुकी सम्म गाउँपालिकामा रहने छ भने सांझ वडा नं ५ पोखरामा रहनेछ ।

कोरोनाका शंकास्पद लक्षण भएका, स्वास्थ्य चौकी संस्थावाट रेफर भएका विरामीलाई निशुल्क सेवा उपलव्ध हुनेछ भने अन्य विरामीले नियमानुसारको भाडा तिर्नुपर्ने पर्नेछ ।

एम्वुलेन्सको सेवा आवश्यक परेमा एम्बुलेन्सका चालक कर्ण पुन, को मोबाईल नम्बर ९८५७६२६२११ मा सम्पर्क गरी सेवा लिन सकिने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !