Sorry, that menu does not exist.
 

मुसिकोटमा एक जना पनि शंका लाग्दो विरामी छैनः नगरप्रमुख सापकोटा

प्रेम सुनार, गुल्मी २०७६ चैत १३ । कोरोना भाईरसको संक्रमण रोक्न गुल्मीको मुसिकोट नगरपालिकाले विभिन्न कदमहरु चलेको छ । सो नगरपालिकाले सबै वडाहरुमा भारत लगायत तेश्रो मुलकबाट घर आउने नगरवासीको तथ्याङ्क संकलन गर्ने कार्यलाई तिब्रता दिएको छ ।

नगर प्रमुख सोमनाथ सापकोटाले हाल सम्म वडा नम्वर १ मा २८ जना स्वदेशका विभिन्न शहर, भारत र अन्य मुलकबाट आएको बताए । उनका अनुसार वडा नम्वर २ मा ४२ जना आएका छन् । वडा नम्वर ३ मा २९ जना, वडा नम्वर ४ मा सय जना भन्दा बढि आएका छन् । वडा नम्वर ५ मा १४ जना आएका छन् । वडा नम्वर ६ मा ३२ जना , ७ मा ५२ जना , ८ मा २५ जना र वडा नम्वर ९ मा भारत लगायका अन्य मुलुकबाट २६ र काठमाण्डौ लगायतका शहर बजारबाट गरि ९१ जना सहित करिव ५ सयको संख्यामा आएको तथ्याङ्क तयार पारिएको र उक्त कार्य जारी रहेको छ ।

नगर प्रमुख सापकोटाले नगरपालिकाको केन्द्र रहेको वामीटक्सार बजारमा १६शैयाको क्वारेन्टाईन निर्माण गरिएको र वडा स्तरमा पनि क्वारेन्टाईन बनाउने कार्य थालनी भएको बताए । मुसिकोट नगरपालिकामा हाल सम्म एक जना पनि कोरोना सक्रमणको लक्ष्यण भएका विरामी फेला नपरेको नगरप्रमुख सापकोटाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !