बागलुङ २०७६ चैत १३ । कोरोना भाइरसको आशंकमा धौलागिरी अस्पतालमा भर्ना भएक एक जना विरामीको नमुना परीक्षणको रिपोर्ट नेगेटिव देखिएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले ईबागलुङलाई जानकारी दिए ।
बागलुङ नगरपालिका ७ का ४५ वर्षिय तेजबहादर जीसी भारतबाट नेपाल फर्किएपछी कोरोनाको संक्रमणको आशंकाले अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागी नमुना काठमाडौ पठाईएकोमा आज उनको रिपोर्ट नेगेटिब आएको सूचनाधिकारी गौतमले बताए ।