Sorry, that menu does not exist.
 

कोरोना संक्रमितको संख्या चीनमा भन्दा अमेरिकामा बढी, ईटलीमा मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो !

बागलुङ २०७६ चैत १४ । विश्व यतिबेला कोरोनाका कहरबाट गुज्रिरहेको छ । वैश्विकरुप लिएको कोरोनाको संक्रमणबाट निदान पाउन विश्वका अधिकांश देशहरुले आपतकाल घोषणा गरिरहेका छन् । नेपाल लगायत थुप्र देशहरु लकडाउन जारी छ ।

अहिले विहान ७ बजे सम्मको तथ्यांक अनुसार विश्वमा ५,३१,७६४ कोरोनाका केसहरु भेटिएका छन् भने यस संक्रमणबाट मर्नेहरुको संख्या २४,०७१ पुगेको छ । संक्रमितमध्य १,२३,९३३ जनालाई निको भएको छ । नेपालमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

तथ्यांक अनुसार अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या ८५३४४ पुगेको छ । अमेरिकामा गएको २४ घण्टामा १७१३३ जना संक्रमितहरु बढेका छन् । यो संख्या चीनको भन्दा झण्डै ४ हजारले बढी हो । चीनमा संक्रमितको संख्या ८१३४० रहेको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९५ पुगेको छ, जबकि चीनमा मृत्यु हुनेहरुको संख्या ३२९२ रहेको छ ।

कोरोना संक्रमणबाट ईटलीमा सर्वाधिक ८२१६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमितको संख्या ८०५८९ रहेको छ । यसैगरी स्पेनमा मर्नेको संख्या ४३६५ पुगेको छ भने यहाँ संक्रमितको संख्या ५७७८६ रहेको छ । ईरानमा मृत्यु हुनेको संख्या २२३४ र फ्रान्समा १६९६ रहेको छ ।
थप विवरण यसप्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !