Sorry, that menu does not exist.
 

कोरोनाको संक्रमणलाई मध्यनजर गरी निसीखोला र तमानखोलामा क्वारेन्टाईन कक्ष निर्माण !

छविलाल पाण्डे बर्तिवा २०७६ चैत १४ । कोरोना रोकथाम विरुद्ध स्थानिय तहले आआफनो पालिकामा आवश्यक तयारीलाई अगाडी बढाएका छन् । आफनो पालिकामा रहेका जनताको अवस्था बुझ्न र भोलिका दिनमा जटिल समस्या नआवस भन्नका निम्ती निसीखोला गाउँपालिकाले क्वारेनटाईन कक्ष निर्माण गरेको छ । देविस्थान मावि र प्रभा माबि गरी दुई विद्यालयमा दुई÷दुई वेड सहितको क्वारेनटाईन कक्ष निर्माण गरिएको निसीखोला गाउँपालिकाका योजना शाखा प्रमुख पुरुषेत्तम गौतमले बताए । हाललाई जम्मा चारवटा मात्र क्वारेनटाइन बेड निर्माण भइसकेको र आवश्यक परेको खण्डमा तत्काल निर्माण गर्न सक्ने गरी तयारी रहेको गौतमले बताए ।

गाउँपालिकाले ७ वटै वडामा जनप्रतिनिधी, प्रहरी, स्वास्थ्यकर्मीको टोली परिचालन गरी विदेशबाट आउनेको लगत सँकलन समेत गरिएको छ । गाउपालिकाका अनुसार फागुन महिनादेखि निसीखोला गाउपालिकामा सबैभन्दा बढी भारतबाट आएको र अन्य देशबाट आएकाको समेत लगत सँकलन गरेर पछिल्लो समय आएकाहरुलाई कम्तिमा १५ दिन होम क्वारेनटाइनमा बस्न आग्रह गर्दै समस्या परेको खण्डमा गाउँपालिकाले साथ दिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

गाउँपालिकाको वडा नं.१ म ९ जना, २ मा ८ जना, वडा नं.३ मा १९ जना, वडा नं.४ मा १२, ५ नम्बर निसीमा २९ जना र वडा नं.७ मा १० जना रहेको पाइएको छ । वडा नं.६ को तथ्याँक सँकलन भइरहेको हो ।

त्यस्तै गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष शोभा कुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, योजना शाखा प्रमुख पुरुषोुत्तम गौतम, वडा नं.१ का अध्यक्ष इन्द्र मल्ल, वडा नं.३ का अध्यक्ष जुनविक्रम शाही, ४ का अध्यक्ष टिकानिधी पौडेल , विद्यालयका प्रअ लगाएतको उपस्थितीमा क्वारेनटाईन कक्ष निर्माण र गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीमा आवश्यक पर्ने प्राथमिक उपचारका औषधि पुर्याइएको गौतमले बताए ।

त्यस्तै गाउपालिकाले विपद कोष समेत सञ्चालन गरेको छ । गाउँगाउँमा माइकिङ तथा जनतालाई भेटेरै सचेतना मुलक कार्यक्रम गरीिरहेको र पछिल्लो समय बजार देखि गाउँसम्म स्थानीयबासी सचेत भएर लकडाउन कार्यक्रमलाई सहयोग गरीिरहेको गाउँपाकिला अध्यक्ष पौडेलले बताए ।

उता तमानखोला गाउपालिकाले जिल्लाको तमानखोला गाउँपालिकाले ७ शैयाको क्वारेन्टाईन वार्ड निर्माण गरीसकेको र जनतालाई कोरोना रोगबाट बच्ने उपायका विषयमा जनचेतना मुलक सामाग्री वितरण तथा गाउँगाउँमै पुगेर माईकिङ समेत गरीरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले ईबागलु लाई बताए ।

अध्यक्ष बुढाका अनुसार पालिकाले वडा तहमा विदेशबाट आउनेको तथ्याँक सँकलन गर्ने र होम क्वारेन्टाईनमा बस्न आग्रह गर्ने, स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने, सिमा नाकामा कडाई गर्ने लगाएतका कार्यक्रम भइरहेको र कसैलाई समस्या परेको खण्डमा पालिकाव्दारा ३ वटा गाडी तयारी अवस्थामा राखिएको अध्यक्ष बुढाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !