Sorry, that menu does not exist.
 

विदेशबाट आउने गल्कोटबासीको विवरण संकलन : कडा निगरानीमा राख्न जरुरी !

मित्रलाल खरेल, गल्कोट २०७६ चैत १४ । कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी गल्कोट नगरपालिकाले विदेशबाट आएका नागारिकहरुको विवरण संकलन गरेको छ । गल्कोट नगरपालिकाका जनप्रतिनिधीहरु, नगरपालिका भित्ररहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा कार्यरत ५० जना स्वास्थ्यकर्मीहरु, १२७ जना महिला स्वयं सेविकाहरुको अथक प्रयासबाट गल्कोट नगरपालिका भित्र आएका व्यक्तिहरुको विवरण संकलन गरिएको हो ।

नगरपालिकाका प्रत्यक वडाहरुमा विदेशबाट आएका नागरिकहरुको पहिचान सहितको तथ्यांक संकलन गरिएको उपप्रमुख रेणुका काउचा मगरले ईबागलुङलाई जानकारी दिईन् । उपप्रमुख काउचामगरका अनुसार विश्वमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछी रोजगारीका लागी गल्कोट नगरपालिकाबाट भारत लगायत विभिन्न मुलुकहरुमा गएका १२८ जना गल्कोटबासीहरु घरमा फर्किएका छन् । उनले भनिन्, एक डेढ हप्ता यता गल्कोटमा आउनेमा भारतबाट सर्वाधिक ९२ जना, जापानबाट १९, कतारबाट ३ दुबईबाट ९, डेनमार्क, साउदी अरब, थाईल्याण्ड, हङकङ अमेरिकाबाट एकएक जना गल्कोट नगरपालिकामा आएको तथ्यांकले देखाएको छ ।

यसरी घर फर्किएकाहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अनिर्वार्यरुमा १५ दिन होम क्वारेन्टाईनमा बस्न भनिएको स्वाथ्य शाखाको प्रमुख मीनराज गैरेले बताए ।
विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्थाबारे निरन्तर सूचना संकलन भैरहेको ५, कतिपय व्यक्तिहरु सेल्फ क्वारेन्टाईनमा नबसी निर्बाध घुमफिर भेटघाट गर्दै हिँड्ने गरेकाले उनिहरुको कडाईका साथ निगरानी गर्नु पर्ने अवस्था आएको शाखा प्रमुख गैरेले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !