कौरव खत्री, बागलुङ बडीगाड २०७६ चैत १५ । कोरोना भाइरसको प्रभावलाई मध्यनजर गदै बडीगाड गाउँपालिका वडा न. ६ ले विपत व्यवस्थापन कोष स्थापना गरेको छ । वडा कार्यालयमा राहत कोषको शुरुवात गरिएको वडाध्यक्ष मौसमकाजी क्षेत्रीले ईबागलुङलाई जानकारी दिए । कोरोना भाइरसका बारेमा गाँउ टोलहरु तथा आम सर्वसाधारणहरुमा सामाजिक सञ्जाल मिडिया मार्फत चेतनामुलक सन्देश जारी गरिएको वडाअध्यक्ष क्षेत्रीले बताए ।
बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि होम क्वारेन्टाइनमै बसेर लकडाउनको आचारसंहितालाई पूर्ण पालना गर्नु पर्ने एवं वडाभित्र वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको वडाअध्यक्ष क्षेत्रीले जानकारी दिए ।
साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएको र हाल रु.१६ हजार बोल रकम भएकोे उनको भनाई थियो ।