निर्मल पौडेल पर्वत २०७६ चैत १५ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्वजगत आक्रान्त वनिरहेको छ । देशले सतर्कताका लागि लकडाउन गरेको छ । कोरोना भाईरसवाट वच्न तथा सजक रहनाका लागि पर्वतमा पनि उच्च सजकता अपनाईएको छ । संक्रमणको संभावनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल पर्वत र जिल्ला स्थित सरोकारवाला निकायले सतर्कताका लागि आआफ्नो ठाउँवाट पहलकदमी थालनी गरेका छन् । संक्रमण वाट सजकता अपनाउनका लागि जिल्ला अस्पताल पर्वतले कोरोना ज्वरो क्लिनीक ,कोरोना अस्पताल,क्वारेन्टाईन र हेल्लो डाक्टर सेवा सञ्चालनमा ल्याएको अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीले जानकारी दिएका छन् ।
पहाडीका अनुसार पर्वत अस्पतालमा ओपिडि सेवा बन्द गरि ज्वरो क्लिनिक सञ्चालनमा ल्याईएको छ । पिपिईको तत्काल व्यवस्थापन गर्न कठिन भईरहेको अवस्थामा पनि पर्वत अस्पतालका चिकित्सकहरुको सृजनशिलतामा सुरक्षा उपाय अवलम्वन गरिएको छ । जो कोही पनि यो क्लिनिकमा आई सेवा लिन सकिने पहाडिले वताए । पर्वत अस्पतालका अन्य सेवाहरु अपरेशन सेवा, सुरक्षित सुत्केरी गराउने सेवा, ईमरजेन्सी सेवा सुचारु रहेका छन् ज्वरो, रुघा खोकी लागेका तथा हालै मात्र कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरुलाई आईसोलेसनमा राख्नका लागि गुप्तेश्वर क्याम्पसमा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको छ । यस अस्पतालमा सवै अत्यावश्यक उपकरण तथा सामानहरु प्रवन्ध गरिएको छ ।
अवको केहि दिन भित्र भेण्टिलेटरको समेत व्यवस्थापन हुने भएको छ कोरोना अस्थायी अस्पताल निर्माणमा पर्वतका सवै पालीकाहरुको सहयोग रहेको छ भने विशेष सहयोग कुश्मा नगरपालिकाले गरेको छ । पर्वत अस्पतालका १२ जना चिकित्सक सहितको टोली अस्थायी अस्पतालमा डुयुटीमा खटिरहेको पहाडीले वताए । पर्वत जिल्लामा हालै मात्र विभिन्न देशबाट गाउँमा आएका व्यक्तिहरुलाई क्वारेण्टाईनमा राख्नुपर्ने सवैको सुझावलाई मध्यनजर गरि चैत्र १५ गतेबाट सेवा सुचारु हुने गरि कुस्मा नगरपालिकाको सहयोगमा शिवालय माविमा अस्थायी क्वारेण्टाईन स्थापना गरिएको छ ।
यसमा राख्नुपर्ने सम्भावित व्यक्तिहरुको पहिचान र प्रवन्धका लागि सवै जनप्रतिनिधी र समाजसेवीहरुमा जिल्ला अस्पताल पर्वतले अनुरोध गरेको छ । अस्पतालले कोरोना भाईरसको जोखिम लाई न्युनिकरण गर्नका लागि हेल्लो डाक्टर सेवा समेत सञ्चालनमा ल्याएको छ । ४ जना डाक्टरहरु लाई चौविसै घण्टा विरामीहरु लाई सेवा दिने गरी जिम्वेवारी समेत प्रदान गरेको हो । आफ्नो स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनका लागि डाक्टर विष्णु भण्डारी मोवाईल नम्वर ९४६७०७४००,डाक्टर उदय तिवारी मोवाईल नम्वर ९८६०७१०४२,डाक्टर सागर वराल मोवाईल नम्वर ९८४६१४५८३, डाक्टर शुसिल शर्मा मोवाइल नम्वर ९८४९०२७२६६ मा सम्पर्क गर्नका लागि चैत्र १२ गते प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल ज्युको प्रमुख संयोजकत्वमा वैठक वसी जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।