Sorry, that menu does not exist.
 

अधिकारीचौरका युवकको सोमबार विहान मात्रै स्वाब टेस्ट लिईने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत १६ । ढोरपाटन नगरपालिका ५ धिकारीचौरका युवाको स्वाब टेस्ट गर्नका निम्ती जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङबाट चिकित्सक डिल्ली आर्चाय सहित दुईजनाको टोली आइतबार बुर्तिबाङ आएको छ ।

गत चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा रहेका युवाको भोली बिहान मात्रै स्वाब परिक्षण गर्ने तयारी रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा .मिलन मल्लले जानकारी दिए ।

बेल्जियमबाट कतारहुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते एकै बिमानमा नेपाल आएकी बागलुङ कुँडुलेकी एक युवतीमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अधिकारीचौरका युवाको समेत स्वाब परीक्षणको तयारी थालिएको हो ।

यसअघि उनीसँगै सोही जहाजमा आएकी काठमाण्डौकी युवतीमा पनि कोरोना पोजेटिव देखिएको थियो । सामान्य रुघाखोकी बाहेक कोरोना संक्रमणको कुनैपनि संकेत देखा नपरेकाले यसअघि उनको स्वाब परीक्षणका लागि चासो दिइएको थिएन ।

ढोरपाटन नगरपालिका ५ को आयोजनामा स्थानीय युवाहरुको सक्रितामा गाउँ गाउँमा कोरोनाबाट बच्ने उपायका विषयमा माइकिङ गरीएको र गाउँघरमा खुलेयामा नहिँड्न र बाहिरबाट आउने मानिसलाई समेत गाउँ छिर्न नदिने तयारी रहेको स्थानीय भुवन पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !