निर्मल पौडेल, पर्वत २०७६ चैत १७ । कोरोना संक्रमणको आशंकामा पर्वतको कोरोना अस्पतालको आईसोलेसनमा भर्ना भएका बागलुङका एक युवा डिस्र्चाज भएका छन् । बागलुङकी संक्रमित महिला संगै एउटै कतार एयरवेजको क्युआर ६७२ विमानमा आएका युवाको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछी डिस्चार्ज भएका हुन् । उनको स्वाव परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको थियो । आईतवार रिपोर्ट नेगेटिभ भेटिएपछी डिस्चार्ज भएका हुन् ।
कुस्मामा दिदीको घरमा वस्दै आएका उनलाई कोरोनाको आशंकामा विहिवार साँझवाट कुस्मावजारमा रहेको कोरोना अस्पतालको निगरानीमा राखेर स्वाव लिईएको थियो । नेगेटीभ रिपोर्ट आएपछी डिस्चार्ज गरिएको कोरोना अस्पताल पर्वतले जानकारी दिएको छ । डिस्चार्ज भएपनी सावधानी अपनाउन चिकित्सकको सुझाव रहेको छ ।
स्मरणीय छ, चैत ४ गतेको कतार एयरवेजमा उनी सहित बागलुङ जिल्लाका ४ जना यात्रुहरु रहेका थिए । बागलुङ नगरपालिका ४ की १९ वर्षिया छात्रामा कोरोना संक्रमण देखिएपछी धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचार भैरहेको छ । सोहि प्लेनमा आएका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका एक युवकको आज नमुना परीक्षणका लागी काठमाडौ पठाईएको छ । सो प्लेनमा बागलुङ नगरपालिकाकी अर्की महिला पनि बागलुङ आएकी छिन् ।