निर्मल पौडेल पर्वत २०७६ चैत १७ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ को उपचार लागि प्रयोग गरिने सामाग्री पर्वत आईपुगेका छन् । चीनवाट हिजो ल्याईएका सामाग्रीहरु डाक्टर झलक गौतमको नेतृत्वमा आज पर्वत ल्याईएका हुन् ।
संक्रमित व्याक्तिको उपचार तथा स्वास्थ्य जाँच गर्नेवेला डाक्टरहरुले प्रयोग गर्ने प्रशनल प्रोटेक्ट इक्यूमेन्टका ५० थान सामाग्री आएको पर्वत अस्पताल विकास व्यवस्थापन समितीका अध्यक्ष गोविन्द गिरी पहाडीले जानकारी दिए । पहाडीले पर्वतमा उक्त सामाग्रीहरु उपलव्ध गराएकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त समेत गरेका छन् ।
संक्रमणको सम्भावना भएका विरामीहरुको स्वाव परिक्षणका लागि -याल निकाल्न प्रयोग गरिने पीपीईको अभाव हुँदै आएको थियो । संक्रमणको सम्भावना भएर कोरोना अस्पतालमा भर्ना भएकाहरु लाई उपचार गर्न सुरक्षणका सामाग्री अभाव रहेको र अव भने उपचार गर्न सहज हुने जिल्ला अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले वताए । ५० थानले मात्र उपचारमा नपुग्ने भएपनी हाललाई केही राहत मिलेको देवकोटाको भनाई छ ।
कोरोना अस्पतालमा उपचारका लागि वाँकी इक्यूमेन्टहरुको अभाव हुँदै आएको छ यस्तै भन्टीलेटर खरिद प्रकृयामा रहेको छ । त्यसको लागि छिटोभन्दा छिटो व्यवस्थापनमा जुट्ने अस्पताल व्यवस्थापन समितीका अध्यक्ष पहाडीको प्रतिवद्धता रहेको छ ।