छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत १८ । बागलुङको निसीखोला गाउँपालिका वडा नं.४ ले मँगलबार समेत आफनो वडामा रहेका ३४ गरीब, विपन्न असहाय परिवारलाई राहात स्वरुप खाध्यान्न हस्तान्तरण गरेको छ । सोमबार देखि थालिएको अभियानबाट ६० जनाले राहत पाएका छन् ।
वडा अध्यक्ष टिकानिधी पौडेलको विशेष पहलमा वडाको तर्फदेखि ६४ परिवारलाई प्रति परिवार ३० केजी चामल, एक प्याक तेल र एक केजी दाल हस्तान्तण गरीएको थियो ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा समेत त्यसको रोकथामका निम्ती एकहप्ता देखि देश लकडाउनको अवस्थामा रहँदै गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक तार्दे आएका र अशहाय , विपन्न परिवारलाई वडाको निर्णय अनुसार राहत उपलब्ध गराइएको बताइएको छ । आफुहरुले वडाका नागरीकलाई राहात हस्तान्तरण सँगै कोराना राकथाम उपायका विषयमा सचेत गराइएको पौडेलले बताए ।
त्यसैगरी निसीखोला गाउँपालिका वडा नं.२ ले समेत वडामा रहेका गरीब, विपन्न र दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएका परिवारलाई खाध्यान्न वितरण गरेको छ । वडा अध्यक्ष कुविर विश्वकर्माको विशेष पहलमा २४ घरपरिवारलाई खाध्यन्न वितरण गरीएको बताइएको छ ।
त्यसैगरी वडिगाड गाउँपालिका वडा नं.७ ले समेत गत चारदिन देखि राहात हस्तान्रतण कार्यक्रम गरेको हो । आफुहरुले वडामा रहेका तथा बैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देशमा रहेका सहयोगी दाताहरुबाट गाउँका गरीब विपन्न परिवारलाई राहात हस्तान्रतण गरीएको वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।
यसैवीच निसीखोला गाउँपालिका ३ मा रहेको वातावरण सम्रक्षण मञ्च युवाक्लब बोहोरागाउँले कोरोना भाइरस विरुद्ध गाउँगाउँमा पुगेर सचेतना मुलक कार्यक्रम सँगै स्थानीयलाई माक्स, हातधुने सावुन र गलब्स वितरण गररेको छ । केहिदिन पहिले देखि थालीएको अभियानबाट ३ सय ६० घरधुरी लाभान्वित भएका छन् । अभियान अन्र्तगत आज घुमाउनेमा ६६ घर, भालुथुटा २३ घर झिवाखोला प्रहरी चौकि र निसी प्रहरी चौकिलाई १६ थान सावुन र गलब्स वितरण गरीएको छ ।
बोहोरागाउँ, धाँडखर्क, धुँवाखोर हुँदै निसी सम्म आफुहरुले प्रचार प्रसार अभियानलाई समेत अगाडी बढाइएको क्लब सचिलब कपिल देव चन्दले बताउनु भयो । क्लबले आफनै लगानीमा अभियान सञ्चालन गरेको हो । अभियानमा अध्यक्ष फास्टबहादुर चन्द, उपाध्यक्ष प्रेम नेपाली , कोषाध्यक्ष किरण शाही, युवा बुद्धिजिवी धनप्रसाद भुसाल, विरेन्द्र शाहि, क्लब सचिव कपिल देव चन्द लगाएतको टोली टोली सहभागि रहेको छ । क्लबले थालेको सामाजिक जिम्मेवारी मुलक अभियानमा स्थानीयले धन्यबाद समेत ज्ञापन गरेका छन् ।