Sorry, that menu does not exist.
 

धुर्कोट कार्यपालिका सदस्य थापाद्धारा साबुन वितरण !

मनु सुनार, गुल्मी २०७६ चैत १९ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट बच्ने प्रमुख उपाय समय समयम साबुन पानिले हात धुनु रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सोहि उपायलाई मध्यनजर गर्दै गुल्मीको धुर्काेट गाउँपालिमा ४ गोपेमा साबुन वितरण गरिएको छ । त्यस वडामा रहेका करिब ४० विपन्न परिवारलाई नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य तथा धुर्काेट गाउँपालिकाको कार्यपालिका सदस्य गोपाल थापाले आफ्नो व्यक्तिगत रूपमा प्रत्येक घरपरिवारलाई एक÷एक पिस साबुन वितरण गरेका हुन् । विपन्न परिवारलाई ध्यानमा राखेर कोरोनाको संक्रमण नहोस् भन्ने उद्देश्यले साबुन वितरण गरेको थापाले बताए ।

थापाले अझै पनि जनचेतनाको अभावले ग्रामिण भेगका विपन्न परिवारमा साबुन पानिले नियमित रूपमा हात धुने बानि नबसेको भन्दै यसले केहि रूपमा भए पनि साबुन पानिले हात धुने बानिको विकास हुने विश्वास व्यक्त गरे। साथै थापाले कोरोनाको संक्रमण हुनबाट बच्न र बचाउनका लागि सबैले विशेष ध्यान पुर्याउन आवश्यक रहेको उल्लेख गरे। यस्ता कार्यहरूलाई आगामी दिनमा पनि गर्दै जाने बताए।

थापाले उपलब्ध गराएका साबुन स्थानीय युवा अर्जुन पोखरेल लगायतले प्रत्येक घरघरमा पुगी वितरण गरेका थिए। त्यस अवशरमा उनले स्थानीयलाई साबुन पानीले पटक–पटक मिचिमिचि हात धुनका लागि आग्रह समेत गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !