Sorry, that menu does not exist.
 

मुसिकोटको तारिके भीरबाट भारतीय महिलाको उद्धार !

केहरसिंह राना, गुल्मी २०७६ चैत २० । गुल्मीको मुसीकोट नगरपालिका वडा नं. ८ को तारिके भन्ने भीरमा एक भारतीय महीलाको उद्धार गरिएको छ । विहीबार विहान ८ बजे नेपाली सेना र नेपाल प्रहरीको प्रयत्नमा महिलाको उद्धार गरिएको हो । झट्ट हेर्दा करीब ३५ वर्षकी देखिने ती महीला भारतीय भएको मुसिकोट नगरपालिकाको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । अहिले उक्त महिलाको मुसिकोट नगरपालीका वडा नं. ७ वामी टक्सारमा उपचार भैसकेको स्वास्थ्य परीक्षण सामान्य देखिएको र खाना खुवाएर रुदा्रवती बहुमखी क्याम्पस मु.न.पा.७ को क्वारेन्टाइनमा राखिएको नगर प्रमुख सापकोटाले बताए ।

महिलाले आफ्नो नाम भुमा बताएको र घर भारतको मधुपुर भएको, दुइ छोराको आमा भएको र आफ्नो श्रीमान पनी भएको बताइकी छन । उनले भारत छोडेर हिडदै आएको दुइ महिना भएको बताएकी छिन । भारत सरकार सँग समन्वय गरेर एक हप्ता पछि ती महिलालाई घर पठाउने नगर प्रमुख सापकोटाले बताए ।
बुधबार दिउस करीब १२ बजे स्थानीयले खोलामा माछा मार्ने क्रममा माथिबाट ढुङ्गा खसेपछि कसले ढुङ्गा खसाल्यो भनेर हेर्दा मान्छे जस्तो देखेपछि गल्कोट नगरपालिका वडा नं. ११ रिघाको वडा अध्यक्ष डम्बर श्रीसलाई जानकारी गराएका थिए । अध्यक्ष श्रीसले उक्त खबर पाउना साथ मुसिकोट नगरपालिकाको नगर प्रमुख सोमनाथ सापकोटालाई जानकारी गराएका थिए ।

ती महिलको उद्धारको लागी नगरपालीकाले नेपाली सेना र नेपाली प्रहरीको टोली खटाएको थियो । साझँको समयमा मौसम खराबी र अध्याँरो भएपछी उद्धारको कार्यलाई आजलाई सारिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !