Sorry, that menu does not exist.
 

पर्वत कोरोना अस्पतालमा उपचाररत महिलाको रिपोर्ट नेगेटिव !

निर्मल पौडेल पर्वत २०७६ चैत २० । कोरोना संक्रमणको आशंकामा पर्वतको कुस्मामा सञ्चालनमा ल्याईएको कोरोना अस्थायी अस्पतालमा गत शुक्रवार भर्ना भएकी पर्वत विहादीको महिलाको रिर्पोट नेगेटिभ आएको छ । विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षिया महिलाको स्वाव परिक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिए ।

महिलालाई केही दिन सम्म १ सय भन्दा वढि ज्वरो र रुघाखोकी आएपछी थप परिक्षणका लागि आईसोलेसनमा भर्ना गरिएको थियो । उक्त महिलाले सिटामोल र ज्वरोको औषधी खाँदा समेत निको नभएपछाडी कोरोना अस्पताल ल्याईएको थियो । २ हप्ता अगाडी उनका श्रीमान भारतबाट घर आएका थिए तर उनलाई केही नभएको तर महिलामा त्यस्तो किसिमको इन्फेक्सन देखिए पछाडी आशंकामा अस्पताल भर्ना गरिएको चिकित्सकको भनाई छ । कोरोनाको संक्रमण अपवादमा संक्रमितमा नदेखिएपनी भाईरस अन्य व्याक्तिहरुमा देखिने चिकित्सकहरुले वताउँछन् । यसभन्दा अगाडि कोरोना संक्रमित युवती संगै विदेशवाट एउटै विमानमा आएका वाग्लुङका एक युवाको पनि उपचार रिपोर्ट नेगेटिभ देखिएपछी सोमवार डिस्चार्ज भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !