Sorry, that menu does not exist.
 

पर्वत अस्पताल मातहतमा व्यापार व्यवसाय गर्नेहरुका लागि १ महिनाको भाडा छुट – अध्यक्ष पहाडी

निर्मल पौडेल, पर्वत २०७६ चैत २० । जिल्ला अस्पताल पर्वतले आफ्नो जग्गामा व्यापार व्यवसाय सञ्चालन गर्दै आईरहेका व्यापार व्यवसाय गर्नेहरुका लागि १ महिनाको भाडा छुट दिने भएको छ । अस्पतालको मातहत भित्र रहेर व्यापार व्यवसाय गर्ने औषधी पसलहरु वाहेक अन्य पसल तथा व्यवसाय गर्नेहरु लाई १ महिनाको भाडा छुट दिने भएको हो । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनाका कारण लकडाउनको वेला वजार वन्द हुँदा व्यापार व्यवसाय नहुने भएकोले १ महिनाको भाडा छुट दिने निर्णय गरेको अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीले वताएका छन् । जिल्ला अस्पतालको जग्गामा भाडा लिएर व्यापार व्यवसाय गर्ने १३ वटा स्थान रहेका छन् । आफ्नो जग्गा भाडा वाट मासिक रु ४५ हजार वरावर को आम्दानी गर्ने गर्दछ भने उक्त रकम अस्पताल विकासको लागि खर्च गर्ने गरिएको थियो ।

अस्पतालको जग्गामा औषधी पसलहरु सञ्चालन गर्नेहरुले भने विरामीहरुको स्वास्थ्य स्थितीलाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरिराख्नु पर्ने भएकोले भाडा छुट दिनु नपर्ने अस्पतालले जनाएको छ । अस्पतालले जिल्लामा कोरोनाको संक्रमण फैलिन नदिनका लागि विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा अस्थायी क्लिनिक,२० शैयाको कोरोना अस्थायी अस्पताल,क्वारेन्टाईन र हेल्लो डाक्टर सेवा सञ्चालनमा ल्याएर सेवा प्रदान गरिरहेको र २४ सै घण्टा सेवा सञ्चालनमा ल्याईरहेको छ ।

यो विषम परिस्थितीमा सवैलाई सर्तकता अपनाउँदै आफ्नो र परिवारको ख्याल गर्न आग्रह गर्दै पहाडीले आँफुहरु सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको फिल्डमा अहोरात्र खटिरहेको अध्यक्ष पहाडीले वताए । जिल्लामा अहिले सम्म संक्रमितको आशंकामा ५ जनालाई क्वारेन्टाईनमा राखेर अस्थायी अस्पताल वाट ल्याव टेष्ट गरिएको सवैको रिर्पोट नेगेटिभ आएपछी डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यलय पर्वतले जिल्लाभर विदेश वाट तथा जिल्ला वाहिरवाट आउनेहरुको खोजीकार्य गर्न पालिकाहरुलाई निर्देशन दिएको र जिल्ला अस्पतालले उनीहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिईरहेको अध्यक्ष पहाडीले वताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !