Sorry, that menu does not exist.
 

अधिकारीचौरका छबिलाल कामीको रिपोर्टमा कोरोना संक्रमण देखिएन !

बुर्तिवाङ २०७६ चैत २० । गत चैत ४ गतेको कतार एयरवेजको फ्लाईटबाट काठमाडौ आएका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका अजय बिक भनिने छविलाल कामीको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिव आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलेका अनुसार गत चैत गते जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक सहितको टोली खटाएर उनको नमुना ल्याएर परीक्षणको लागी काठमाडौ पठाईएका थियो ।

स्वाब परीक्षणका लागी काठमाडौ पठाईएका संक्रमित युवती तथा अन्यको रिपोर्ट आई नसकेको प्रमुख गुरौलेले जानकारी दिए ।

यसैवीच ढोरपाटन नगरपालिकाले एक विज्ञप्ती प्रकाशित गरी ढोरपाटन नगरपालिकाको पहल जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको सहजीकरणमा लिईएको नमुना परीक्षण पछी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौबाट प्राप्त रिपोर्टमा कोरोना संक्रमण नदेखिएकोमा खुसी व्यक्त गरिएको छ ।

नगरप्रमुख देवकुमार नेपालीव्दारा हस्ताक्षरित विज्ञप्तीमा छविलाल कामीको स्वास्थ्य परीक्षणमा जुट्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।
विज्ञप्ती

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !