झरना कँडेल, बुर्तिवाङ २०७६ चैत २० । बैश्विकरुप लिएको कोरोना भाईरसका कारण आज लाखौ मानिसहरु संक्रमिति बनेको र यस महामारीबाट हजारौ नागरिकको ज्यान गएको अवस्थामा निमेक मजदूरी गरेर जीवन यापन गरिरहेका ढोरपाटन नगरपालिकाका अति विपन्न गरीव परिवारका लागी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली तथा श्रीमती छेला नेपालीले राहत वितरण गरेका छन् ।
आज बुर्तिवाङ बजारमा आयोजित एक कार्यक्रममा नगरप्रमुख नेपाली र श्रीमती नेपालीले संयुक्त रुपमा १ सय ५ जना बिपन्न गरीब परवारलाई राहतस्वारुप खाद्यान्न वितरण गरेका हुन् ।
नगरप्रमुख नेपालीले आफ्नै निजी खर्चमा एकजना विपन्न गरीव परिवारका लागी चामल – १ बोरा (२५ किलो), तेल – १ पोका, चिनी – १ किलो, नुन – १ किलो, दाल-२ किलो, मस्यौरा-१ पोका र चाउचाउ – ५ प्याकेट वितरण गरेका हुन् ।