Sorry, that menu does not exist.
 

ललितपुरको चन्द्रसूर्य सहकारी टोलीद्वारा आदर्श सञ्चार सहकारीको अवलोकन !

रबिना बोहरा, बागलुङ २०७४ बैशाख ८ । चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको टोलीले आदर्श सञ्चार सहकारी संस्था बागलुङको स्थलगत अवलोकन गरेको छ । ललितपुरबाट संस्थाका अध्यक्ष रामशरण बस्नेतको नेतृत्वमा आएको टोलीले आदर्श सञ्चार सहकारी संस्थाको अवलोकन गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बागलुङ जिल्लाको पर्यटकिय क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागी सहकारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । दैनिक रुपमा धौलागिरि लगायत अन्य जिल्लाहरुबाट आउने सहकारी टोलीको भ्रमणले जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागी मद्धत पु¥याउदैँ आएको छ ।

नेपालका विभिन्न क्षेत्रमा क्रियाशिल बचत तथा ऋण, सञ्चार, कृषि तथा पशुपालन एवं अन्य दर्जनौ सहकारीहरुले जिल्लाको स्थलगत अवलोकन गरिसकेका छन् । दैनिक रुपमा बढ्दै गएको सहकारी भ्रमणले जिल्लामा रहेका विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउने गरेकोे छ ।

बक्ताहरुले सहकारीहरु शहर केन्द्रित धेरै भएकाले ग्रामिण भेगहरुमा पनि सहकारीहरु स्थापना गर्नुपर्नेमा जोड दिदैँ सहकारीलाई उत्पादनमुखी बनाउनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार सहकारीको परिचय संगै जिल्लाका सहकारीहरुको अवस्था, सहकारी अभियान एवं गतिबिधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार मनकुमारी केसीले पछिल्लो समय महिलाहरु धेरै अगाडी बढि सकेकाले राज्यले थप व्यवस्थितका साथ प्रभावकारी कार्यक्रमबाट महिलाहरुलाई अगाडी बढाउनुपर्ने बताएकी थिईन् । उनले सहकारीमा पुरुष भन्दा बढि महिला सहभागिता रहेको भन्दै अब नेतृत्व तहसम्म महिला पुग्नुपर्ने र सबैले सहकारीमा बचत गर्ने बानीको विकास गर्नुपर्ने बताईन् ।

चन्द्रसूर्य वचत तथा ऋण सहकारी संस्थाका बारेमा अध्यक्ष रामशरण बस्नेतले जानकारी गराएका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply