Sorry, that menu does not exist.
 

बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौ आएका बागलुङका दुबै महिला कोरोना संक्रमित !

बागलुङ २०७६ चैत २० । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । गत चैत ४ गते कतार एयरवेजको उडान नं क्यूआर ६५२ बाट काठमाडौ आउने एक महिला यात्रुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिव देखिएपछि संक्रमितको संख्या ६ पुगेको हो ।

फ्रान्सबाट दोहा ट्रान्जिट भएर काठमाडौँ आएकी एक १९ वर्षिया युवती (छात्रा)मा कोरोना संक्रमण भेटिएपछी सो उडानमा आउने अन्य यात्रुहरुको खोजी गरी नमुना परीक्षण गर्ने कार्य भैरहेको छ ।

सोहि उडानबाट काठमाडौ आउने यात्रुहरुमा बागलुङ नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना र ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका एकजना रहेका छन् । ती मध्य बेल्जियमबाट दोहा ट्रान्जिट भएर सोहि उडानबाट यात्रा गर्ने १९ वर्षिया छात्राको गत चैत १३ गते थ्रोट स्वाब परीक्षणमा कोरोना संंक्रमण देखिएपछी उनको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा राखिएको छ भने उनीसंगै बेल्जियमबाट काठमाडौ आएकी अर्की ६५ वर्षिया महिलाको नमुना परीक्षणमा आज कोरोना संक्रमण पुष्टी भएको हो ।

सोहि उडानबाट काठमाडौ आएका बागलुङ नगरपालिकाका एक युवक र ढोरपाटनका अर्का युवकको नमुना परीक्षणमा कोरोना संक्रमण फेला नपरेको र बेल्जियमबाट दोहा भएर सोहि उडानमा काठमाडौ आएका बागलुङ नगरपालिकाका दुई महिलाको रिपोर्ट पोजेटिव आउनुले उनिहरु बेल्जियममै संक्रमित बनेको हुन सक्ने अनुमान पनि गरिएको छ ।

बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया छात्रामा कोरोना संक्रमण देखिएपछी उनीसंगै बेल्जियमबाट आएकी अर्की महिलालाई पनि संक्रमण हुन सक्ने आशंका गरिएको थियो ।

धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा बसेकी छात्राका घरपरिवारका सदस्यहरु उनका बुबा, हजुर बुबा र दुई आफन्तहरुको कोरोना परीक्षणका लागी नमुना काठमाडौ पठाईएकोमा सबैको नेगेटिव रिपोर्ट आउनु, सक्रिमितले आफुलाई केहि नभए जस्तै गरी सन्चारमाध्यमहरुमा लाईभ अन्तर्वार्ता दिने र अस्पतालका सिनियर मेडिकल अधिकृत डा शैलेन्द्र बिक पोखरेलले उनको स्वास्थ्यमा राम्रो सुधार आएकोले पुन नमुना परीक्षण गर्न पठाईएको बताएपछी ढुक्क भएका स्थानीयलाई पछिल्लो समाचारले चिन्तित बनाएको छ ।

घरमा आएदेखीनै संक्रमित महिला होम क्वारेन्टाईनमा बसेको पारिबारिक श्रोतको दाबी छ । उनलाई प्रजिअ गौलोचन सैजु, नगर प्रमुख जनक पौडेल, प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनबाणगण घोँडाबाँधेका प्रमुख सेनानी मिलनध्वज खाण, जनस्वस्थ्यका प्रमुख सुरुज गुरौँ, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, स्वास्थ्य कार्यालयका रुद्र पराजुली समेतको को टोली बागलुङ नगरपालिकाको गैँडाकोट पुगेर संक्रमित महिलालाई राति १०.२५ बजेको समयमा एम्बुलेन्सबाट धौलागिरी अस्पतालमा ल्याई भर्ना गरिएको छ । तर स्थानीयहरु कोरोना संक्रमित बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने बताई रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !