प्रेम सुनार, बागलुङ २०७६ चैत २१ । चैत महिना भए पनि बागलुङको ढोरपाटन उपत्यकामा चिसो उत्तिकै छ । आलु रोपेर भ्याईनै लागेको यो सिजनमा बारीमा ब्यस्त छन किसानहरु । कोरोना बिरुद्ध सचेतना फैलाउने त्यहाँ एउटा पनि प्रहरी छैन । प्रहरी र सामाजिक कार्यकर्ताको भूमिका निभाई रहेको छ त्यहाँ स्थित नेपाली सेनाले । ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ तैनाथ शत्रुदर्मन गुल्मको नेपाली सेनाले यस्तो भुमिका निभाएको हो ।
ढोरपाटन जनवादी आधारभुत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनार भन्छन, कोरोना भाईरसको संक्रमणबाट बचाउन हाम्रो यस विकट गाउँमा राज्यको सबै भन्दा ठुलो आधार त्यस गुल्मका सैनिकहरु बनेका छन् । हामी समाजका अगुवाहरु संग मिलेर उहाँहरुले सचेतना मुलक कार्यक्रमहरु गर्दै आउनु भएको छ ।
ब्यारेक नजिकै ९ वेडको आईसोलेशन कक्ष बनाई दिनु भएको छ , यो विकट गाउँमा कसैलाई शंका लागे नेपाली सेना छ भन्ने कुराले ढुक्क पारेको छ । सुनारका अनुसार हरेक बर्ष चैत्र १ गते देखि नै ढोरपाटन भ्यालीमा आलु लगाउने गरिन्थ्यो । तर अहिले कोरोना भाईरसको सन्त्रासले चैत १५ गते देखि मात्र आलु रोप्न थालिएको हो । लहरै मानिसहरुले आलु रोप्छन । टाढा टाढा होउ भन्दा मान्दैनन् ।
अधिकांश दलित समुदायको बाहुल्य रहेको ढोरपाटन उपत्यकामा सरसफाईका खासै मतलव राखिदैन् । केहि शिक्षित बाहेक अधिकांसले कलेटी परेका कपडाहरु लगाउने गर्दछन् , साप्ताहिक रुपमा नुहाउने पनि कमै गरिछ । तल बावाङ्ख गाउँमा झण्डै ६० प्रतिशत मानिसहरु भारत तिरबाट आएका छन । सबै जना संगै बस्छन् । बेग्ला बेग्लै बस भनेर मान्दैनन । ढोरपाटन वडा नम्वर ८ का वडाध्यक्ष नन्दे सुनार भन्छन सबै जना अटेरी गरे बसेका छन् ।
ठुलो युवाहरुको समुह मिलेर भलिवल र फुटवल खेल्छन , कोही क्यारमवोटमा झुम्मिएका छन , एकै ठाउँ नबस भनेर मान्नेवाला छैनन । तेश्रो मुलुकबाट आएकाहरुलाई माथी नेपाली सेनाले वारम्वार फोन गरेर घर मै सेल्फ क्वारेन्टाईनमा बस्न लगाएको छ । त्यस गुल्मीका गुल्मपति सेनानी केशरबहादुर बुढाथोकीले माथीको निर्देशन अनुसार आफुहरु कोरोना विरुद्ध जनताको घर दैलोमा सचेतना मुलुक कार्यक्रमहरु गर्दै हिडेको बताए । उनका अनुसार सेनाको टोलीले पट्रोलिङ्ख गर्दै समुहमा मानिसहरु जम्मा हुन रोक लगाएको् छ । त्यस गुल्मले वुर्तिबाङ सहित विभिन्न स्थानमा हेल्थ डेक्सको पनि ब्यवस्था गरेको छ । हेल्थ डेक्स र आईसोलेशन कक्षमा सेना कै स्वास्थ्यकर्मीहरु तैनाथ गरिएको छ । तत्काल डाक्टरहरुको आबश्यकता परे सेनाको जिल्ला स्थित गणका डाक्टर हेलिकप्टर मार्फत मगाउने ब्यवस्था छ ।
गुल्मपति सेनानी बुढाथोकीले ढोरपाटन नगरपालिकाबाट औषधी लगायतको सहयोग हुने गरेको छ । ‘अँस्ती मात्र मेयर साव आएर रेख देख र सोधपुछ गरेर जानु भएको छ । जनप्रतिनिधीहरु संग समन्व्य गरेर कोरोना विरुद्ध जनतामा सचेतना मुलक कार्यक्रम र स्वास्थ्य परिक्षण गरिरहेका छौं ’– सेनानी बुढाथोकीले भने ।
भारत लगायत विभिन्न मुलकबाट आउने मानिसहरुको विवरण राख्ने गरेको , प्राय प्रत्येकलाई फोन मार्फत बेग्लै बस्न कडाई गरेको र स्वयम् उनिहरुको निगरानी गर्न पनि पुगेको गुल्मपति बुढाथोकीको भनाई छ । त्यहाँ बनाईएको आईसोलेशन कक्ष सबै खाले सुविधा युक्त रहेको छ ।
प्रधानध्यापक सुनारका अनुसार ढोरपाटन उपत्यकाको सबै भन्दा ठुलो बस्ती रहेको नवी गाउँमा करिव ५ सय घरधुरी बसोबास गर्छन् । स्यालपाखे गाउँमा २ सय घरधुरी बसोबास गर्छन । विजौराखोला गाउँमा पनि २ सय घरधुरी बसोवास गर्छन । पाखाथर भण्डारी गाउँमा ५सय घरधुरी बसोबास गर्दछन । ढोरपाटनमा तिव्वती शरणार्थीहरु बसोबास गर्दै आएका छन् ।
उत्तरगंगा गाउँमा ५० घरधुरी ओल्लो र पल्लो भुजी गाउँमा करिव सय घरधुरी , विजाङ गाउँमा ८० घरधुरी , काङगामा सय घरधुरी । भुजिखुङमा सय घरधुरी , भुजिखुङ ५ घरधुरी बासेवार गर्छन । ती ७० प्रतिशत भन्दा बढि दलित समुदायहरु रहेका छन् । उनीहरु अधिकांश अशिक्षित रहेका छन् । ढोरपाटन सदरमुकाम बागलुङबाट ३६ कोष दुरीमा पर्दछ ।
लेखक- ईबागलुङका संपादक हुन् ।