छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत २१ । कोरोना भाइरसका कारण नेपालमा लकडाउन सुरु गरिएको ११ औँ दिन पुगेको छ । देशभरको जनजीवन प्रभावित बनिरहेको अवस्था छ । शहर बजार सुनसान छन् । गाउँघरमा बजारमा भन्दा केहि मात्रामा चहलपहल बढी देखिन्छ ।
गाउँमा कोरोना प्रभाब कम देखिएको हो । लकडाउनलाई प्रभाबकारी बनाउन प्रहरीले समेत निरन्तर आफनो कर्तव्यलाई पुरा गिरीरहेको देख्न सकिन्छ । बागलुङ जिल्लाको सन्दर्भमा बागलुङ बजार, बुर्तिबाङ बजार गल्कोट बजार लगाएतका बजार सुनसान जस्तै रहेपनी गाउँघरमा तथा सडक आसपासका साना बजार क्षेत्रमा लकडाउनको पालना कम भएको गुनासो बद्दै गएपछि प्रहरीको आँखा गाउँ केन्द्रित हुन थालेको हो ।
पश्चिम बागलुङमा इलाका प्रहरी कार्यालय बुर्तिबाङको सक्रियतामा गाउँगाउँमा प्रहरीको टोली पुगेर कारोनाबाट बच्ने उपाय सहित माईकिङ गर्नुका साथै घरबाहिर ननिक्लन र लकडाउनको पालना गर्न जनतालाई आग्रह गर्दे अत्याबश्यक कामले बाहिर जाँदै गर्दा माक्सको प्रयोग गर्न , सरसफाईमा ध्यान पुर्याउन , हुलमुलमा नजान, सामाजिक दुुरी सोसियल डिस्ट्यान्सिङ कायम गर्न आग्रह गर्दै ग्रामिण क्षेत्रका जनतालाई समेत सचेत बनाइरहेको छ ।
बुर्तिबाङ प्रहरी कार्यालयका प्रमुख प्रकाश सिँह भण्डारीको कमान्डमा यस्तो अभियान सञ्चालन भइरहेको छ । बुर्तिबाङ बजार तथा आसपासका क्षेत्रमा नागरिकले सरकारले लिएको लकडाउन अभियानमा साथ दिएको प्रहरी निरीक्षक भण्डारीको भनाई छ । प्रहरी टोली निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका , बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न ग्रामिण क्षेत्रमा पुगेर नागरिकलाई सचेत गराउँदै आएको छ ।