Sorry, that menu does not exist.
 

गल्कोट हटिया बजारका १२ विपन्न मुस्लिम घरपरिवारलाई खाद्यान्न वितरण !

कौरव खत्री, गल्कोट २०७६ चैत २१ ।े गलकोट नगरपालिका वडा नं. ३ ले अति विपन्न १२ मुस्लिम घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

कोभिड १९ कोरोना भाईरसको संक्रमणकालीन अवस्थामा नेपाल सरकारले देशभर लकडाउनको अवधिमा बिहान बेलुका छाक टार्न मुस्किल भएका गलकोट नगरपालिका ३ हटिया बजारका मुस्लिम घरपरिवारलाई प्रतिघरपरिवार २५ केजी चामल,२लिटर तेल,२ पोका नून, २केजी दाल, २ केजी चिनी, हात धुने सावुन २ गरि ६ प्रकारका खाद्यान्न सामाग्रीहरु घरघरमा पुगेर वितरण गरिएको गलकोट नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार,गलकोट नगरपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा आज देखि वडा कार्यालयले आफ्नो वडा भित्रका अति विपन्न र ज्याल मजदुर गरेर खालेहरुका लागि राहत सामग्री प्राथमिकीकरण निर्धारण गरि आजदेखि राहत वितरण शुरु गरिएको वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै आजै वडा नं. ३ कै तल्लो लमईका विपन्न ५ घरपरिवारलाई पनि घर घरमै पुगेर जनप्रतिधिहरुले राहत सामाग्रीहरु वितरण गरिएको वडा सदस्य खत्रीले जानकारी दिए । भोलि पनि वडाभित्रका विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण कार्य जारी रहेको वडा कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !