भरत सापकोटा, बागलुङ २०७६ चैत २७ । कोरोना भाईरस (COVID-19)को संक्रमण फैलिन नदिन देशमा लकडाउन जारी छ । आम नागरिकको जनजीवन ठप्पछ । ज्याला मजदुरी गरेर जीवन यापन गरिरहेका गरीब मजदुर एव विपन्न बर्ग नराम्रो चपेटामा परेका छन् । उनिहरुको जीवन दयनीय एवं भयावह बनेको छ ।
गरीब मजदुर एवं विपन्न बर्गहरुको अवस्थालाई मध्यनजर गरी स्थानीय तहले राहत संकलन एवं वितरण अभियानलाई तीब्र बनाएका छन् भने लकडाउनको कडाईका साथ कार्यान्वयनका लागी प्रयासरत छन् । लकडाउनबाट आम नागरिकमा परेको प्रभाव, विभिन्न पालिकाहरुमा गरीव मजदुर एवं विपन्न परिवारहरुको अवस्था, कोरोना भाईरसबाट बच्न सरकारले सुझाएका कुराहरुको पूर्णपालनालाई लिएर विभिन्न तहबाट अनुगमन कार्य जारी छ ।
यसै सिलसिलामा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा अर्जुनवाण गणका प्रमुख सेनानी मिलनध्वज खाँण, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट सहित जिल्ला सुरक्षा समितिको टोलीले काठेखोला गाउपालिकाका विभिन्न वडाहरुको भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएको छ । टोलीले गाउपालिका कार्यालयको निरीक्षण, विभिन्न वडाका अध्यक्ष एवं स्थानीयबासीसंग भेटगरी शान्तिसुरक्षा, लकडाउनको पालना, राहत वितरण, खाद्यान्न आपुर्ति, सवारी असुविधा आदि विविध विषयमा छलफल गरेको बुझिएको छ । कसैले लकडाउनको गलत फाईदा उठाए नउठाएको बारेमा पनि टोलीले सज्ञान लिएको बुझिएको छ ।
विदेशबाट आएका नागरिकहरुका बारेमा पनि टोलीले जानकारी लिएर उनिहरुलाई क्वारेन्टाईनमा राख्न विशेष निर्देशन समेत दिएको वडाध्यक्षहरु युक्तप्रसाद कँडेल, चित्रकला थापा, विद्यापति कँडेलले बताए ।
यसै सन्दर्भमा हामीले प्रमुख जिल्ला अधिकारी सैजुसंग अनुगमनलाई लिएर काठेखोला गाउपालिकाको अनुगमनलाई लिएर गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
सुरक्षा टोलीव्दारा काठेखोला गाउपालिकाको अनुगमन : के भन्छन प्रमुख जिल्ला अधिकारी सैँजु ?
२०७६ चैत्र २७, बिहीबार १३:३०
Footer Slider, Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०