प्रेम सुनार, गुल्मीm २०७६ चैत २७ । स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरसको सक्रमणबाट बच्ने पिपिई गृह जिल्ला गुल्मीमा अभाव भएपछि गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्टले बिहिवार केन्द्रबाट ३ सय थान सदरमुकाम तम्घास पठाउनु भएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले काठमाण्डौंबाट गाडीमा पठाईएका ३ सय थान पीपिई बुझ्दै जिल्लामा पिपिईको ठुलो अभाव खड्किएको बेला पुर्वमन्त्री बिष्टले पठाएको प्रति जिल्लावासीको तर्फबाट आभार प्रकट गर्नु भयो ।
उनले त्यस मध्ये ६० थान जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने र १२ वटै स्थानीय तहलाई २० थानका दरले वितरण गर्न पुर्वमन्त्री बिष्टद्धारा निर्देशन आएकोले त्यही अनुसार वितरण गरिने जानकारी दिनु भयो ।
जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने पिपिई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मीका ईन्चार्ज तथा प्रदेश सांसद दिनेश पन्थीव्दारा हस्तान्तरण गरिएको थियो । पीपीई बुझ्दै त्यस अस्पतालका सुपरिटेण्डेन्ट डाक्टर उत्तम पाच्यले आफु सहित जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पीपीईको अभाव भईरहेको बेला पुर्व मन्त्री बिष्टले ठुलो परिमाणमा पिपिई पठाएको प्रति आभार प्रकट गरे । स्वास्थ्य कार्यालय प्रमुख भवानी शर्माले पनि नेता बिष्टलाई धन्यवाद् ज्ञापन गरे ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले सबै राजनैतिक दल र जनप्रतिनिधीहरुको तर्फबाट नेता बिष्ट प्रति आभार प्रकट गरेका थिए ।
त्यस्तै प्रदेश सांसद दिनेश पन्थीले पनि नेता बिष्ट प्रति आभार प्रकट गरिएको थियो । आजै गुल्मीको छत्रकोट , , ईस्मा , मालिका , मदाने धुर्कोट गाउँपालिकाका प्रमुखरु र गुल्मी दरवार गाउँपालिकाकी स्वाथ्यकर्मीले प्रशानबाटै बुझेर २०÷ २० थान पिपिई बुझेर लगेका छन् । अन्यलाई भोली सम्म पठाईने जानकारी दिईएको छ ।