निर्मल पौडेल, पर्वत २०७६ चैत २७ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को परिक्षणका लागि करिव १ सय जनाको -यापिड टेष्ट गर्ने सामाग्री उपलव्ध भएको छ । पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार १ सय थान किट प्राप्त भएको हो । वागलुङमा ¥यापिड टेष्ट परिक्षणको शुरुवात गरेसंगै अव पर्वतमा पनी आवश्यकता अनुसार १ सय जना सम्मको परिक्षण गर्न सकिने पर्वत अस्पतालले जानकारी दिएको छ । पर्वतमा हालसम्म ५१ जनाको थ्रोड स्वाव तथा नमुना संकलन गरिएकोमा ३२ जनाको रिर्पोट नेगेटिव आएको छ । यस्तै अन्यको रिर्पोट आउन वाँकी रहेको पर्वत कोरोना अस्पतालले जनाएको छ ।
जिल्लामा आज पैयुँ महाशिला र विहादी गाउँपालिकामा विदेशवाट आएकाहरुको नमुना संकलन गरिएको छ । ¥यापिड टेष्टको वारेमा पर्वतका स्वास्थ्यकर्मीहरुलाई बागलुङमा प्रशिक्षण प्रदान गरिएको हो । वागलुङमा पहिलो चरणमा ३ जनाको परिक्षण गरिएको छ । परिक्षण गरिएका तिनै जनाका रिर्पोट नेगेटिव आएको धौलागिरी अस्पतालले जानकारी दिएको छ ।