गल्कोट २०७६ चैत २८ । नेपाली काग्रेस क्षेत्र नम्वर २ बागलुङले थालेको स्वास्थ्य सामाग्री हस्तान्त्रण अभियान अन्तर्गत गल्कोटका स्वास्थ्य संस्था तथा गल्कोट नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गलकोट नगरपालिका क्षेत्र भित्र रहेका गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर सहितका ७ वटा स्वास्थ्य चौकि र ४ वटा सामुदायिक स्वास्थ्य ईकाई मा एक,एक थान पिपिई, सहित मास्क, सेनिटाईजर, ग्लोब्स जिवनजल, सिटामोल लगायतका अतिआवश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्री विभिन्न स्वास्थ्य संस्थाका प्रमुखलाई जनप्रतिनिधि र नेपाली काग्रेसका पदाधिकारीव्दारा हस्तान्तरण गरेकोे नेपाली काग्रेश क्षेत्र नं २ ले जनाएको छ ।
स्वास्थ्य सामाग्री इलाका प्रहरी कार्यलय हरिचौर र हटिया प्रहरी चौकीलाई समेत हस्तान्तरण गरिएको थियो ।
गल्कोट नगरपालिका व्दारा आयोजित एक कार्यक्रमका अवसरमा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे नेपालिी कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुमार कुवँरले कोरोना भाईरसको सँक्रमणका कारण आम मानिस त्रसित भएको अबस्थामा आम मानिसलाई त्रासबाट सचेत बन्न र सावधानी अपनाउन आग्रह गरेका थिए । उनले स्वास्थ्य सँस्थामा कार्यरत चिकित्सकहरुलाई सुरक्षित रुपमा सेवा प्रवाहमा सहजता प्रदान गर्न आवश्यक सुरक्षा सामाग्री सहयोग गरेको बताए ।
आफुहरुले बागलुङ क्षेत्र नं.२ अन्र्तगत रहेका ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र गल्कोटन नगरपालिका अन्र्तगत पर्ने सबै स्वास्थ्य सँस्थामा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको बताउँदै ताराखोला र बडीगाड गाउँपालिकामा वितरणको तयारी रहेको बताए । कारोनाका कारण नेपालको सन्दर्भमा स्वास्थय कर्मिनै सुरक्षित रहने खालका स्वास्थ्य सामाग्रि अभाबका कारण थप समस्या नहोस भन्ने हेतुले यस्तो अभियान थालिएको बताउँदै दोश्रो चरणमा समेत उत्कृष्ट खालको पीपीई वितरणको तयारी रहेको बताए ।
कोरोनाको रोकथाम तथा न्यूनिकरणको लागी केन्द्र सरकारले लकडाउन गरेको र स्थानिय सरकारले प्रभाबकारी बनाउदै स्थानिय बासिलाई सचेत बनाएको बताउदैं क्षेत्रीय सभापति कुवरले स्थानिय सरकारले सञ्चालन गरेका क्रियाकलापलाई थप प्रभाबकारी बनाउन सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । स्वास्थ्य सामाग्रि हस्तान्त्रण अभियानमा गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा, वडा अध्यक्ष वीरजँग भण्डारी, पार्टी महाधिवेशन प्रतिनिधी सोम पौवी, क्षेत्र नं.२ प्रदेश (ख) सचिव दिपेन्द्र श्रेष्ठ, पार्टीका नेता कार्यक्रता लगाएतको सहभागिता रहेको थियो ।