मन्दिप निउरे, तारखोला २०७६ चैत २८ । लकडाउनलाई प्रभावकारी बनाउनको लागी ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका जनप्रतीनिधि र सरोकारवालाहरुको बैठक दुबै पालिकाको सीमानामा रहेको तरिममा सप्पन्न भएको छ ।
बैठकले दुबै तर्फ प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने निर्णय गरेको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिए । बैठकले लकडाउनलाई उलंघन गर्दै बिना अनुमती आवाजजात गरेको पाईएमा ताराखोलाबाट गल्कोट प्रवेश गर्नेलाई क्जारेन्टटाइमा राखिने निर्णय भएको गल्कोट नगरपालिका ५ का वाड अध्यक्ष नारायण ध्वज मल्लले जानकारी दिए ।
गल्कोट नगरपालिका देखि ताराखोला गाउँपालिका र ताराखोला गाउँपालिका देखि गल्कोट नगरपालिकामा पैदलमार्ग हुदै आवातजातत बढिरहेकोले लकडाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो । निर्णयलाई कार्याव्वयन गर्ने दुबे पालिकाका सुरक्षाकर्मी ,आमा समुह , र क्लबहरुलाई अपिल गरि लकडाउनलाई प्रभावकारी बनाउने गल्कोट नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिए । लकडाउनको समयमा कुनै किसिमको भोजभतेर बिबाह कार्र्यक्रम गर्न नपाईने ताराखोला गाउँपालिका कार्यपालिका सदस्य तेजुमाया भण्डारी परियारले जानकारी दिईन् ।