Sorry, that menu does not exist.
 

कोहि कसैको दबाब र प्रभावमा नपरी लकडाउन व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न मुख्यमन्त्री गुरुङको निर्देशन !

बागलुङ २०७६ चैत २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समुपस्थितिमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन सैजुको अध्यक्षमा आज सम्पन्न बैठकमा जिल्लामा कोरोना भाईरस (कोभिड-१९) रोकथाम, नियन्त्रण र उपचारका सम्वन्धमा भए गरिएका प्रयासहरु एवं प्रगतिका बारेमा बिस्तृत छलफल तथा समीक्षा भएको छ ।
बैठकमा जिल्लामा कोरोना (कोभिड १९)को अवस्था, संक्रमित व्यक्तिहरुको परिचय, उपचार व्यवस्था, जिल्लाको स्वास्थ्य स्थिति, क्वारेन्टाईन र आईसोलन कक्ष, लकडाउनबाट उत्पन्न परिस्थिती, मजदूर एवं विपन्न परिवारहरुलाई राहत वितरण, सवारी व्यवस्थापन, अतिआवश्यकीय बस्तुहरुको आपुर्ति व्यवस्था लगायतका ज्वलन्त विषयमा समीक्षा गरिएको छ ।

सो बैठकमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुब्बाले संघ, प्रदेश र स्थानीयतहको समन्वयबाट कोरोनाको महामारी बिरुद्ध एकजुट भै कार्य सम्पादन गर्नुपर्ने बताउदै कोहि कसैको दबाब र प्रभावमा नपरी कानूनको दायरमा रही लकडाउन व्यवस्थालाई प्रभावकारी रुपका कार्यान्वयन गर्ने र कानून विपरीतका कार्यगर्ने व्यक्ति वा निकायलाई कडा कार्बाही गर्न कडा निर्देशन दिएका छन् ।

मुख्यमन्त्री गुरुङले विदेशबाट आएका व्यक्तिहरु र संक्रमितहरुको यापिड डाएग्नोेष्टिक टेस्ट गर्ने क्वारेन्टाईन मापदण्ड अनुरुप सन्चालन गर्ने, विपद कोषबाट वितरण हुने राहतकोषमा पारदर्शिता अपनानु पर्ने निर्देशन पनि दिए ।

उनले स्थानीयतहले अन्य क्षेत्रहरु भन्दा विपद व्यवस्थापनमा न्यून बजेट विनियोजन गरेको स्मरण गर्दै विपद व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउनु पर्ने, सामुदायिक क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको अवस्था, राहत वितरणलाई व्यवस्थित गर्नुपर्ने बारेमा बैठकमा अवगत गराएका थिए ।

बैठकमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले कोरोना रोग नियन्त्रण सम्वन्धि पूर्व तयारी व्यवस्था सन्तोषजनक रहेको तर अन्य रोग लागेकाहरुको उपचारमा कठिनाई पुगेको बताउदै सामान्य उपचारको व्यवस्था गर्नुपर्ने बताए । उनले हाल सम्म पनि १५० देखी २०० जना जिल्ला भित्रिने गरेको प्रशंग उठाउदै प्रदेशका नाकाहरुमा कडाई गर्नु पर्ने माग समेत गरे ।

जिल्ला कमाण्ड पोष्टका सदस्य जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जिल्लाका शान्ति सुरक्षाका बारेमा ब्रिफिङ गरेका थिए भने अर्का सदस्य जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौबाट जिल्लामा कोभिड १९ रोकथाम नियन्त्रण र उपचारका सम्वन्धमा प्रकाश पारेका थिए ।

सो बैठकमा गण्डकी प्रदेश सरकारका मुख्य सचिव हरिप्रसाद बस्यालले कोरोना रोकथाम नियन्त्रण र उपचारका लागी आवश्यक पर्ने सवारी साधन सरकारी कार्यालयहरुमा रहेका सवारी साधनहरुबाट व्यवस्था गर्ने जानकारी गराउदै गण्डकी प्रदेश सरकारबाट आवश्यक पर्ने श्रोत साधन उपलव्ध गराउने बताए ,।

यसैगरी बैठकमा नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बर बहादुर लामिटानेले एम्बुलेन्सको अवस्था र क्वारेन्टाईन कक्षमा ब्लाङ्केट उपलव्ध गराएको बारे जानकारी गराएका थिए । सोहि अवसरमा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले खाद्यान्न, तरकारी र दुधको आपुर्तिका बारेमा जानकारी दिदै दुई महिनाको लागि खाद्यान्न सन्चित रहेको बताए । उनले क्वारेन्टाईन निर्माणका लागी आवश्यक बेड उपलव्ध गरार्ईएको पनि जानकारी दिएका थिए ।

बैठकमा प्रदेश सांसद ईन्द्रलाल सापकोटा, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रदेशका मुख्य सचिव हरिप्रसाद बस्याल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, नगरप्रमुख जनकराज पौडेल, अर्जनवाण गणका प्रमुख सेनानी मिलनध्वज खाण, प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्रका प्रनाउ बासुदेव लोहनी, धौलागिरी अस्पतालका सिमेअ डा शैलेन्द्र बिक पोखरेल, स्वास्थ्य प्रमुख सुरज गुरौ, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, रेडक्रस सभापति जव्वर लामिटाने, बाउबा संघका अध्यक्ष युवाराज राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !