पूर्णभद्र निउरे, ताराखोला २०७६ चैत २८ । कोरोना भाइरस ९कोभिड १९) को जोखिम न्यूनीकरणका लागि ताराखोला गाउँपालिकाको वडा न १ को वडास्तरिय समितीको बैठक आज सम्पन्न भएको छ । बैठकले वडा न १ भित्र प्रवेश गर्ने नाकामा कडाइ गर्न विभिन्न स्थानमा स्वयंसेवक खटाउने र लकडाउनको पालना गर्न विभिन्न आचारसंहिता बनाइ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । जस अन्तरगत काठेखोला गाउँपालिका वडा न ४को धम्जा देउराली प्रबेश गर्ने नाकामा खगेन्द्र छन्त्याल र हरिलाल निउरे , वडा न ५ त्रिशुलिचोक नाकामा नर बहादुर घर्ती र रोमा बि क ,वडा न ४ झुलेनी नाकामा शेर बहादुर पुन र दल बहादुर गुरुङ , वडा न ५ कै नेटा देउरालीको नाकामा खडक बहादुर घर्ती र टेक बहादुर श्रीस , गल्कोट नगरपालिका वडा न ६ स्याउली नाकामा पुरन रोका र बाबुराम नाउसा , गल्कोट न पा कै भुजेङ्गे नाकामा हिरामती नाउसा र गोबिन्द नेपालीलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको छ ।
त्यस्तै गरि लकडाउनको पालनाका लागि गाउगाउँमा कोरोना भाइरस विरुद्ध सचेतना जगाउने खालका सुचनाहरु सम्प्रेषण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाइ पनि बचाउन लकडाउनको पूर्ण पालनाका लागि वडा स्थित सम्पूर्ण संघ सस्था,आमा समूह र क्लब हरुलाइ सहयोग गर्न अपिल गर्ने निर्णय भएको जनप्रेम मा बि का प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङले जानकारी दिए।
बैठकले सरकारले तोकेको अबधी बैसाख ३ गते सम्म वडा भित्र कुनै किसिमका बिबाह, भोज भतेर तथा भिडभाड हुने खालका कुनै पनि कार्य हुने नदिने, समूह बनाइ प्रतियोगी खेलकुद कार्यक्रममा सरिक हुने ,जंगलमा सिकार गर्ने र खोलामा माछा मर्ने जस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारबाहीको प्रक्रियामा जाने निर्णय गरेको छ ।
बैठक वडा न १ का वडा अध्यक्ष याम बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।