Sorry, that menu does not exist.
 

प्रवास : बिदेशमा कार्यरत सुरक्षा गार्डको आँखामा कोरोनाको भोगाई !

सचिन्द्र श्रेष्ठ, युएइ २०७६ चैत २८ । चीनको हुवेई प्रान्तबाट शुरु भएको महामारी रोग कोरोना भाईरस (कोभिड-१९) अहिले विश्वका अधिकाँश मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ । यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानी पुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन। जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरेको तर पर्दा पछाडीको नायकको भूमिका कसरी कस्तो भोगाई भोगेका छन त यही बिषयमा बिदेशमा रहेका नेपाली सुरक्षा गार्डको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।

भक्त खोर्जा दुबई, सुरक्षा गार्ड
कोरोना भाईरस ९कोभिड(१९० का कारण ११ जना नेपालीहरुको शब युएईमा अलपत्र पर्नुले कतै आफै पनि यस्तोमा त परिदैन भन्ने चिन्ता रातदिन लागी रहन्छ। जसरी प्रहरी, डक्टर यहाँ खटिएको छ त्यसरी हामी सुरक्षा गॉर्ड पनि अरुको ख्याल गर्न लागी पर्नु परेको छ। अरुलाई यो रोग लाग्दा लाग्दै कतै आफैलाई पनि लाग्छ की भन्ने डर हुन्छ । दिनहुँ यहाँ यो रोगको संख्या बढी रहदा आफैलाई पनि घर परिवारको चिन्ता लागेको छ। मेरो काम सधै यहाँ काम गर्ने कामदार सँग भई रहेको हुन्छ । कमसेकम यस्तो बेला घरमा बस्न पाए केहि राहत हुने थियो की भनेर आफूलाई बिदेसिनुको बाध्यताले सधै रातभर निद्रा पर्दैन। तर पनि आफ्नो कर्तब्यलाई शिरोपर राखेर कर्तव्यलाई महत्व ठानी आफ्नो भूमिका निर्बाह् गरिएको छु किन की हामी चिकित्सक ,प्रहरी नभए पनि सुरक्षा गार्डले पनि सहयोग गर्न सक्छ भनेर लागी परिएको छ।

ओमकार अखेली मकाउ, सुरक्षा गार्ड
अरु राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोग को डर भने कम छैन।बेलैमा यहाँको संपूर्ण नाका बन्द भएको कारण रोग बढी फैलन पाएको छैन। हाल सम्म ४५ जना भन्दा बढीमा देखिएको छैन तर यहाँ ब्यबसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुदा यो रोग फैलान पाएको छैन। तर पनि प्राय पसलहरु बन्द नै छ। कतिलाई सुरक्षाको हिसाबले काममा लगाएको छैन, कुनै कुनै अति आवश्यक कामको लागी मात्र कामदार खटाएको छ। तर हामी भने सुरक्षा गार्ड भएर दिनरात लागी परेका छौ तर हाम्रो कामको मूल्यांकन कही गरिएको देखिदैन।

राजन वाग्ले अबुधाबी, सुरक्षा गार्ड
हामी कति अभागी छौ संसार भरका सरकारी गैर सरकारी संस्था कोरोना बिरुद्ध लड़ी रहेको छ तर बिडम्बना हामी पशुपति नाथको भरोसामा अड़केको छौ । के हामी नेपाली साँच्चै गतिलो बन्न नसकेको हो त १ अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ। हाम्रो सरकार गैर जिम्मेवार छ, कामको सही कार्य गर्देन तर यहाँ कार्यरत देशले कानुन सरकार,स्वास्थ्य राम्रो छ।त्यसैले यहाँ को चिन्ता लिनु भन्दा आफ्नै देश परिवार को सुरक्षामा ध्यान दिन सके राम्रो हो
राजेश क्षेत्री, साउदी अरब,सुरक्षा गार्ड
यस सऊदीमा अहिले सम्म कुनै नेपाली लाई कोरोना लागेको छैन हाल सम्म ४०४४ जना भन्दा बढ़ी यो रोग बाट ग्रशित छन। यो रोग यही को स्थानीय तथा पाकिस्तानी, भारतीय,बंगाली लाई बड़ी देखिएको छ।हामीलाई काम गर्न गारो भएको छ। जहाँ तहि त्रास छ, घरमा दिनहुँ कुरा भएको छ । यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नु पर्दछ। २४ घण्टा लकडाउन गरेको छ । यहाँ रेस्टुरेन्ट हॉस्पिटल बाहेक अन्य सेवा बन्द छ। जागीर बाध्यताले खानु पर्ने अवस्था छ, छुट्टी दिएको छैन। छुट्टी दिए घर जान मन छ । परिवार एकातिर आफु एकातिर हुनु परेको यस्तो घडीमा सधै घरको याद आउने गर्दछ। अहिले सम्म न भूकम्पको डर को अनुभूति गरिएको थियो तर यहाँ आए पछि थाहा भयो भूकम्प भन्दा ठुलो डर यो रोगको लाग्या छ।
संजय धिताल दुबई, सुरक्षा गार्ड
गरिब निमुखा जनताको भोट् लिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्नी सरकार मुर्दावाद । यस्तो आपत बिपत पर्दा जवाफदेही र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो । लाल कम्रेड दलालको घरमा किन बस्छन ? किनकी लाखौ मुल्यको मूल्यवान पलाङ अट्ने घर अरुको छैन ,हामी अहिले यही नेपाल सरकारको गलत सोच, बिचार र अभिमानले बिदेसी भूमिमा पीडा लुकाई काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ।
अर्जुन श्रेष्ठ मकाउ, सुरक्षा गार्ड
यहा भएका नेपालीहरुमा खासै भन्नु पर्दा यो रोगको डर र भय कम नै देखिन्छ यद्यपि जागिर गुम्ने र नेपाल फर्कनु पर्ने चिन्ताले पिरोल्न थालेको अवस्था छ । यो चीनको विशेष प्रशासनिक क्षेत्र हो त्यसैले यहा कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ । तर यहाको सम्पुर्ण कारोबार पर्यटन व्यवसाय संग सम्बन्धित हुनाले अहिले सबै नाकाहरु बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ । तर सुरक्षाकर्मीको जागिर धराप मा भएका कारण रोगको डर भन्दा जागीर जाने डर बढी छ। रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा बिशेष ध्यान दिएको हुदा यो रोग फैलन पाएको छैन ।

-महेस नेपाली (अबुधाबी, सुरक्षा गार्ड)
लगातार १२ घन्टा काम अनि काम गर्ने ठाउमा अनेकौं थरी का मान्छे हरुको अावत जावत,ऊनी हरुको परिचय लिएर सबै जानकारी लेख्नु पर्ने, ऊनी हरु कति ठाउमा गएर अाएका हुनछन कति जनाकाे सम्पर्कमा हुन्छन् त्यसैले तनाब छ ।

क्याम्पमा एउटा रुममा १० जना बस्नु पर्ने त्यस्मा पनि थरी थरि ठाँउमा काम गर्नेहरु बसेको हुने गर्छ, जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ तर पनि आफ्नो काम लाई मध्य नजर गरी यस्तो बेला पनि काम लाई प्राथमिकता दिनु आवस्यक देखिएको छ ।आफु मरेर अरुलाई बचाउनु पर्ने खालको काम गरेको छु गर्ब लाग्छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !